'चन्द्र दाईले ३ बर्ष अगाडीको बाचा पुरा गर्नेमा विश्वस्त छु' शौरभ ज्योतिको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 10:10:35 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा यतिबेला चुनावी सरगर्मी बढेको छ। विश्वभर महामारीको रुप लिएको कोभीड १९ का कारण महासंघको आसन्न निर्वाचन झन्डै ८ महिना पछाडी धकेलिएको छ। र पछिल्लो समय महासंघको निर्वाचन मङ्सिर ११ १२ र १३ गते तोकिएको छ। 

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्राबधानले शेखर गोल्छा स्वत अध्यक्ष बन्ने भएकाले वरीष्ठ उपाध्यक्ष लगायत अन्य पदका लागि प्रतिस्पर्धा तिब्र देखिएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा वरिष्ठ उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकालको टिम चुनावी तयारीमा जुटेको छ। 

आसन्न निर्वाचनमा चन्द्र ढकालको टिमबाट बस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी उठ्दैछन। 

त्यस्तै अध्यक्ष शेखर गोल्छाको साथ रहेको किशोर प्रधान समुहबाट बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन्। 

शेखर गोल्छाको साथ रहेको किशोर प्रधानको टिमबाट उदयीमान युवा व्यवसायी सौरभ ज्योतिले एशोसियट उपाध्यक्षमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै उम्मेद्वारी दिएका छन्। नेपालको एक प्रतिष्ठित व्यवसायिक घराना ज्योति समूहका सौरभ अहिले उपाध्यक्ष हुँदै अर्को पटक वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुने योजनामा छन्।

युवा उमेरमै महासंघको बिभिन्न महत्त्वपूर्ण पदमा रहेर १२ बर्षदेखि जिम्मेवारी सम्हाल्दै आएका सौरभ ज्योतिले कुर्शीका लागि नभई काम गर्नका लागि आसन्न निर्वाचनमा एसोसिएट तर्फको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउदै आएका छन्। आसन्न निर्वाचनको तयारी तथा उनको उम्मेद्वारीको बिषयमा बिजपाटी डटकमले सौरभ ज्योतिसँग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्षमा उम्मेद्वारी किन ?

उम्मेद्वारी एउटै कारणले हो।  महासंघमा आबद्ध भएको १२ बर्ष भईसकेको छ। १२ बर्ष भित्र बिभिन्न समितिमा सभापतित्व गरिसकेको छु। नेशनल प्रोडक्टिभ क्यालिटि कमिटिको सभापतित्व गरे। त्यसपछि एफएनसीसीआई नेशनल एक्सेलेंस अवार्ड फोरमको सभापतित्व गरे। त्यसपछि कर राजश्व समितिको सभापतित्व गरे र यो कार्यकाल बैंक इन्स्योरेन्स र फाइनान्स कमिटिको सभापतित्व गर्दै आएको छु। 

निजि व्यवसायबाट धेरै अनुभव बटुलिसकेको छु भने महासंघमा पनि १२ बर्षदेखि जिम्मेवारी सम्हाल्दै आएको छु। मैले त्यो पदलाई न्याय गर्न सक्छु भनेर नै उम्मेद्वारी दिएको हो। मेरो कुनै व्यक्तिगत स्वार्थ पुरा गर्न जाने होइन, त्यहाँ सेवा गर्न जाने हो। निजि क्षेत्रका व्यवसायीहरुको हकहितका लागि काम गर्नलाई मैले उम्मेद्वारी दिएको हो। 

महासंघ आफैंमा निजि क्षेत्रको सबैभन्दा ठुलो व्यवसायिक संगठन हो। यसमा धेरै व्यवसायीहरु आबद्ध हुनुभएको छ। लाखौँ सदस्य हुनुहुन्छ। यसमा ठुला उद्योगी व्यवसायी देखि साना मझौला व्यवसायीहरु जोडिनु भएको छ र सबैको हकहितका लागि काम गर्ने साझा उदेश्य हो। यत्तिका ठुलो संस्थामा सहमति ल्याउन कहिलेकाहीं गाह्रो नै हुन्छ। 

लामोसमयसम्म सहमति जुटाउन तर्फ लागेको हो तर अन्तिममा र त्यो परिस्तिथि रहेन र चुनावमा नै जाने अवस्था आयो।  चुनाव प्रजातान्त्रिक प्रकृया हो। चुनाव एक दिनका लागि हो। चुनाव सम्पन्न भएपछि जित्ने उम्मेदवारहरु एक ठाउँमा आएर सबै व्यवसायीको हकहितमा काम गर्न एकै कार्यसमितिमा बसेर एक ढिक्का भएर नै काम गर्नुपर्छ। 

अध्यक्ष शेखर गोल्छाको आगामी तिन बर्षको कार्यकाल सफल बनाउन उहाँको टिमबाट मैले एसोसिएट तर्फको उपाध्यक्षमा उम्मेद्वारी दिएको हो। अन्तसम्म मिलाउने प्रयास भएकै हो तर त्यो सकरात्मक दिशातर्फ अगाडी बढेन, त्यहि भएर निर्वाचनमा दुई पक्ष देखिएको हो। 

तपाइँको एजेन्डा के ?

एजेन्डा स्पष्ट छ। एसोसीएटको उपाध्यक्षको जिम्मेवारी स्पष्ट छ। एसोसिएट उपाध्यक्षको प्राथमिकताको जिम्मेवारीमा रोजगारदाता परिषदको सभापतित्व गर्नुपर्छ। यस पदमा हुनेले निजि क्षेत्र, सरकार , ट्रेड युनियनबीच श्रम ऐन अनुसार सन्तुलित रुपमा काम अगाडी बढाउनुपर्छ। 

अर्को भनेको सामाजिक सुरक्षा कोषको हो। हामि संचय कोषबाट सिफ्ट भएका छौं। अहिले पनि निजि क्षेत्रका धेरै प्रश्नहरु छन्। यसको स्पष्टता आएपछि कोषमा जानुको बिकल्प छैन। अर्को कुरा, आइएलओ लगायतका संस्थामा महासंघको प्रतिनिधित्व हुनुपर्छ। 

यस बाहेक उपाध्यक्षको हैसियतमा कार्यसमितिको पदाधिकारीहरुसंग मिलेर बलियो भएर काम गर्ने हो। बलियो भनेको एउटा युनाइटेड हुने हो अर्को महासंघले बिभिन्न निजि क्षेत्रसँग मिलेर सामुहिक आवाज उठाउने हो। 

अर्को एजेन्डा भनेको महासंघको आन्तरिक सचिवालय बलियो बनाउने हो। यसमा अनुभवी र काम गर्न सक्ने व्यक्तिहरु जोड्ने हो जसले गर्दा सरोकारवालासँग टेबलमा बसेर महासंघले बोल्न सक्छ। 

व्यक्तिगत रुपमा नेतृत्त्व लिएर काम गर्नुपर्छ भन्ने मेरो विश्वास हो तर नेतृत्त्व सफल हुनलाई टिमवर्क हुनुपर्छ। एक जना मात्रै नेता भएर हुदैन नेता सफल हुँदा उसको टिम नै सफल हुनुपर्छ। गत बर्ष पनि उपाध्यक्षमा मेरो इच्छा थियो तर त्यो बेला सर्वसम्मतिमा काम गर्नुपर्छ भन्ने आवाज उठेपछि चन्द्र ढकाललाई निर्विरोध गरेको हो। 

त्यहि बेलादेखि टिमसँग छलफल गरेर संस्थामा जिम्मेवारी सम्हाल्न सक्छु भनेको थिए। त्यो बेला पछाडी हटेर अरुलाई समर्थन जनाएको नै हो। त्यो बेला अरुलाई साथदिनका लागि अहिलेको आसन्न निर्वाचनमा उम्मेद्वारी दिने सर्त थियो। 

चुनावमा आ आफ्नो एजेन्डा हुन्छ। त्यो बेला चन्द्रढकाल दाई वरिष्ठ उपाध्यक्षमा लड्नु भएको थियो र त्यो बेला उहाँले मलाई आगामी निर्वाचन पूर्ण साथ दिन्छु भन्नु भएको थियो। त्यहि कमिटमेन्टलाई आधार मानेर म अगाडी बढिरहेको छु, मलाई बिश्वास छ उहाँले मलाई उपाध्यक्षमा सहयोग गर्नुहुन्छ। 

जित्छु भन्ने आत्मबिश्वास छ ?

नेता भनेको सबैभन्दा बढी सेवा दिने मान्छे हो। तिन् बर्षअगाडी नै म पछाडी हट्नुको कारण त्यो बेला नेतृत्त्वलाई साथ दिएर अहिले जिम्मेवारी लिनु हो। मसंग सक्षम टिम छ। सबै आ आफ्नो व्यवसायमा सफल भएका व्यक्ति छन। एसोसिएटमा भएका सदस्य मध्ये बहुमतको साथि हामीलाई छ त्यसैले पनि २१ मा २१ हाम्रो जित हुन्छ भन्नेमा बिश्वस्त छु। 

जितेपछि कसरि काम गर्नुहुन्छ ?

उपाध्यक्ष भएपछि सर्वप्रथम त म कार्यसमितिको पदाधिकारी भएर नै काम गर्ने एजेन्डा छ। कार्यसमितिमा रहेर नेतृत्त्वलाई साथ दिएर आफ्नो जिम्मेवारी पुरा गर्ने मेरो योजना छ। सबैको आ आफ्ना समस्या हुन्छन। कम्तिमा महिनामा एक पटक सम्बन्धित सदस्यहरुबीच सम्बाद गर्ने लक्ष्य लिएको छु। जहाँ जहाँ उद्योग छन् त्यहाँको समस्या बुझेर समाधान खोज्न हामि लागिपर्छौँ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved