'माछापुच्छ्रेले डिजीटल बैंकिङमा पहुँच बढाएको छ, को उत्कृष्ट राष्ट्र बैंकले भन्ने कुरा हो' (अन्तर्वार्ता)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2020 | 08:37:59 PM मा प्रकाशित

laxmi  sunrise bank

जसरी जोखिम मानव जीवनको हरेक पक्षसँग जोडिएको हुन्छ त्यसैगरी बैंक तथा वित्तीय क्षेत्रमा पनि यसको सम्बन्ध अन्तरनिहित हुन्छ। जोखिम सर्वब्यापी यसबाट बैंकहरु पनि स्वतन्त्र छैनन्।

व्यवसायको आकार अंकको वृद्धिसंगै यसको जोखिम पनि बढिरहेको छ। हिजो अर्ब चुक्तापुंजी हुँदा केही दर्जन शाखा हुँदा जुन तहमा बैंकहरुले जोखिम भोग्दै आएका थिए, आज चुक्तापुंजी - गुणाले वृद्धि हुँदा तथा व्यवसायको आकार पनि त्यहिअनुसार वृद्धि हुँदा जोखिमको आकार पनि ब्यापक ठुलो बनेको छ।

पछिल्लो समय बैंकिङ उद्योगहरुमा जोखिम बढेसंगै नियामक नेपाल राष्ट्र बैंकले जोखिमलाई भागमा बर्गिकरण गर्नलाई निर्देशन नै दिएको छ। कर्जा जोखिम, संचालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनियम जोखिम अन्य जोखिम भनी जोखिमलाई भागमा बर्गिकरण गर्नलाई राष्ट्र बैंकले भनेको छ।

बैंकहरुले मूख्यतयाः कर्जा जोखिम, बजार जोखिम तथा सञ्चालन जोखिमहरुको सामना गरिराखेका हुन्छन्। त्यसमा पनि पछिल्लो समय मानवीय गल्ती, वित्तीय जालसाझी तथा प्राकृतिक प्रकोपका कारण उत्पत्ति हुने जोखिमहरुले बैंकलाई सताइरहेको हुन्छ। प्रविधिको उल्लेखनिय उपयोग तथा आपसी वित्तीय सम्पर्क जस्ता कारणहरुले गर्दा यस्ता जोखिम बढ्दै गएको देखिन्छ

पछिल्लो समय साइबरसेक्युरिटीसँग जोडिएकाबैंककै कर्मचारीसँग जोडिएका, कर्जासँग जोडिएका, बैंक ग्राहकले गरेका सम्झौता उल्लङ्घनसँग जोडिएका, राफसाफ, फर्छ्यौट वा अन्य क्रियाकलापसँग जोडिएका घटनाहरु बढी सुन्नमा आउने गरेका छन्।

संचालन जोखिम बढ्नुको कारण यसको उचित समाधानबारे बैकहरुले खेल्नुपर्ने भूमिकाबारे बिजपाटी डटकमले करिब २३ बर्षदेखि बैंकिङ क्षेत्रमा रहेका तथा माछापुच्छ्रे बैंकमा पछिल्लो १६ बर्षदेखि कार्यरत  नायब महाप्रबन्धक विश्वम्भर न्यौपानेसँग कुराकानी गरेको छ। एभरेष्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका न्यौपानेसँग एन.आई.सी बैंकमा समेत काम गरेको अनुभव

लामोसमयदेखि नेपालको बैंकिङमा रहेका न्यौपानेसँग समस्या समाधान, विश्लेषण, निर्णय लिने तथा दबाबमा पनि काम गर्न सक्ने क्षमता भएका बैंकरका रुपमा समेत लिइन्छ। न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट बि.एससी काठमाडौं विश्वबिद्यालयबाट एमबीए गरेका छन्। प्रस्तुत न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश:

नेपालका बैंकहरु पछिल्लो समय डिजिटल बैंकिङ केन्द्रित देखिन्छन्, अहिलेको आवश्यकता पूर्ति हुनेगरि बैंकहरुले काम गरिरहेका छन् ?

पछिल्लो १०-१५ बर्ष यता बैंकहरुले डिजिटल बैंकिङमा धेरै काम गरेका छन् अहिले प्रत्येक बैंकसँग आफ्नै सर्भर छन्, आफ्नै सिस्टम सबैले डिजिटल बैंकिङलाई चाहिने न्युनतम सेवा सुविधा जस्तो अनलाइन बैंकिंग, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पीएसओ मेसिन, क्युआर कोड पे लगायतका सेवा सुविधा दिइरहेका छन्  यसलाई हेर्दा नेपालका बैंकहरुले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्

तर बैंकहरुले जुन रुपले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्, त्यहिअनुसार यसको विस्तार विकास हुन् सकिरहेको छैन जस्तो लाग्छ डिजिटल बैंकिङ अहिलेपनि कहीं कहीं शहर केन्द्रित नै देखिन्छ

दुर दराज तथा ग्रामिणका ग्राहक मात्र नभई शहरकै ग्राहकहरुमा पनि कहीं कहीं डिजिटल बैकिङप्रति विश्वास गरि नहालेको अवस्था डिजिटल बैंकिङको प्रयोग बढाउँनलाई बैंकहरुले आआफ्नो तर्फबाट लगानी गरि नै रहेका छन्

साथै, बैंकहरुले डिजिटल सुविधाहरुको बारेमा जानकारी सचेतना बढाउँन आवश्यक कोभिडको माहामारी शुरुभए एता शहरी क्षेत्रमा डिजिटल बैंकिंग सुविधाहरुको प्रयोग ह्वात्तै बढेको यसरी नै यसको प्रयोग निरन्तर बढाउँन सकियो भने डिजिटल बैंकिंगले नेपालमा छिट्टै फड्को मार्ने विश्वास गरेको छु

डिजिटल बैंकिङलाई आम बनाउनलाई बैंकले मात्र गरेर हुदैन, ग्राहक आफैं पनि जागरुक हुनुपर्छ, अर्कोतर्फ सरकारले पनि मर्चेन्ट लगायतका सबै क्षेत्रलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्छ। त्यसैले डिजिटल बैंकिङ बैंकको मात्र काम नभई सबैको सामुहिक योगदान हो

भुक्तानीको माध्यम डिजिटल बनेपनि जो मर्चेन्ट हुन् अर्थात जहाँ भुक्तानी गर्नुपर्ने हो त्यहाँ अझैं पनि नगद नै प्राथमिकतामा , यसले डिजिटल बैंकिङलाई प्रोत्साहन मिलेन नि ?

यहि काठमाडौंमा पनि कतिपय मर्चेन्टहरुले डिजिटल बैंकिङलाई विश्वास गरिनसकेको अवस्था जसले गर्दा डिजिटल माध्यमबाटै भुक्तानी गर्छु  भन्ने उपभोक्ताले पनि गोजीमा नगद नै बोकेर हिड्नु पर्ने बाध्यता

केहि कमिशन बैंकले काट्छ, त्यसले अलिकति भएपनि आम्दानी कम हुन्छ भन्ने सोच भएका मर्चेन्टहरु पनि हुनुहुन्छ कतिपय मर्चेन्टले अन्तिम विकल्पमा मात्र डिजिटल भुक्तानी स्वीकार गर्ने गरेको पाइएको

त्यसैले मर्चेन्टहरुलाई नै डिजिटल बैकिङमा लैजानलाई उनीहरुलाई प्रोत्साहन गर्ने, साक्षर गराउने जस्ता काम गर्नु पर्ने देखिन्छ हामीले मर्चेन्टहरुलाई डिजिटल भुक्तानी स्वीकार गर्ने तर्फ प्रोत्साहित गर्न समय समयमा विभिन्न स्किमहरु पनि लिएर आएका छौं   बैंकहरुले मात्र यो काम गर्दा त्यो पर्याप्त नहुन सक्छ त्यसैले सम्बन्धित सरकारी निकायबाट पनि यसको पहल हुनुपर्छ

कतिपय ठाउँमा मर्चेन्टहरुले नै भुक्तानी अनिवार्य डिजिटल हुनुपर्ने बनाएका छन्, यसले गर्दा ग्राहकले चाहेर नचाहेर पनि डिजिटल भुक्तानीको माध्यमलाई अपनाउनु पर्ने हुन्छ   मर्चेन्टहरुलाई डिजिटल भुक्तानीका फाइदाहरुको बारेमा अवगत गराउदा मर्चेन्टहरुले समेत डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने सम्भावना हुन्छ यसले डिजिटल बैंकिंगको विस्तारमा मद्दत पुयाउँछ

डिजिटल बैंकिङलाई आम बनाउनलाई बैंकले मात्र गरेर हुदैन, ग्राहक आफैं पनि जागरुक हुनुपर्छ अर्कोतर्फ सरकारले पनि मर्चेन्ट लगायतका सबै क्षेत्रलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्छ त्यसैले डिजिटल बैंकिङ बैंकको मात्र काम नभई सबैको सामुहिक योगदान हो

डिजिटल बैंकिङमा माछापुच्छ्रे बैंक कहाँ ?

डिजिटल बैंकिंगको क्षेत्रमा हामी एक अग्रणी बैंकको रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छौं बैंकसंग भएका पुराना डिजिटल सेवाहरुलाई परिष्कृत सरलीकृत गर्ने, नयाँ नयाँ प्रोडक्टहरु भित्र्याउने ग्राहकहरुको डिजिटल सेवामा पहुँच वृद्धि गर्ने अभियानमा हामी छौं

अत्याधुनिक स्मार्ट सुविधाहरु पस्केर डिजिटल बैंकिंगको लागि ग्राहकको पहिलो रोजाई बन्ने लक्ष्य लिएर अगाडि बढेका छौं हामी संग मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर कोड, अनलाईन खाता खोल्ने अनलाइन क्रेडिट कार्ड आवेदन गर्ने, अनलाईनबाट नै मुद्धति खाता खोल्ने लगायतका लगायतका थुपै सजिलो भरपर्दो सेवाहरु रहेका छन्

यति मात्र नभएर कागज विहिन ग्रिन पिन, बिना चेक नगद झिक्न मिल्ने स्मार्ट टेलर लगायतका सुविधा हालै मात्र हामीले सुरु गरेका सेवाहरु हुन हामीले नेपाल मै पहिलो पटक वीच्याट पे को भुक्तानी सेवा शुरुवात गरेका छौं अत्याधुनिक प्रविधिमा आधारित ग्राहक सेवा केन्द्र तथा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याट बटमायाले पनि हाम्रा गा्रहकहरुको समस्यालाई तुरुन्त सम्बोधन गर्दछन् 

हाम्रा छिट्टै आउने नया योजनाहरुमा डलर क्रेडिट कार्ड, कन्ट्याक्टलेस कार्ड (Contactless Card) , बैंकको आफ्नै वालेट लगायत मोबाइल वा वेवसाइटबाटै कर्जा आवेदन दिने सुविधा हुनेछन् हामी यस्तै अरु थुप्रै एक्साइटिंग डिजिटल प्रोडक्ट सर्भिसहरु ल्याउने क्रममा छौं

डिजिटल बैंकिङका जोखिमलाई कसरी विश्लेषण गरिरहनु भएको ?

बैंकहरुको आकार बढेसँगै यसको संचालन जोखिम पनि बढ्ने हो डिजिटल बैंकिङमा देखिएका जोखिम पनि संचालन जोखिम मध्येको एउटा पाटो होजसरी जति ऋण विस्तार हुँदै जान्छ त्यसैगरि कर्जा जोखिम पनि बढ्दै जान्छ त्यसैगरि डिजीटल बैंकिङको प्रयोग जति बढ्छ उति नै जोखिम पनि बढ्दै जान्छ

बैंकको काम भनेको यसरी आउने जोखिमको स्रोत के हुन् भनेर पहिचान गर्ने त्यसलाई न्यूनीकरण गर्ने हो नयाँ प्रविधिसँगै जोखिम पनि नयाँ ढंगले विकसित भईरहेका हुन्छन विश्वका धनिदेशहरुका बैंकहरुले ठुलो लगानी गर्दा पनि त्यहाँ डिजिटल बैंकिङसँग जोडिएका नयाँ नयाँ घटना घटिरहेका छन्

हामीकहाँ पनि डिजिटल बैंकिङसँग जोडिएका घटनाहरु आईनै रहेका छन् हामीले यस्तो जोखिमलाई न्यूनीकरण गर्न तर्फ ध्यान दिईरहेका छौं टेक्नोलोजीसँग सम्बन्धित जोखिमहरु एकातिर छन् भने अर्को तिर ग्राहकहरुमा भएको सचेतनाको कमीले हुने ठगीहरुले हुने जोखिमहरु पनि बढ्दै गएको

ग्राहकहरुले डिजिटल माध्यमहरु प्रयोग गर्दा अपनाउनु पर्ने सतर्कता नअपनाउँदा ग्राहकहरु ठगिएका उदाहरणहरु पनि हामी सँग प्रशस्त त्यसैले, डिजिटल सेवाहरु प्रयोग गर्दा ध्यान दिनु पर्ने विषयहरु सम्बन्धी जानकारीहरु पनि हामी निरन्तर प्रवाह गरिरहेका छौं पहिचान भएका जोखिमलाई न्यूनीकरण गर्दै जाने आउँन सक्ने नयाँ जोखिमबारे तयार रहने नै समाधानको उपाय हो

नेपालका बैंकहरुमाथि जुन रुपमा प्रविधिमा लगानी गर्नुपर्ने हो त्यो भईरहेको छैन, यतिसम्म कि सामान्य सफ्टवेयर पनि कपि पेष्टका छन् भन्ने आरोप लाग्ने गर्छ, यसमा के भन्नुहुन्छ ?

बैंकहरुले जुन रुपमा लगानी गर्नुपर्ने हो त्यो नभएको होला तर सामान्य सफ्टवेयर पनि कपी पेष्टमा चलाउँदा त्यसबाट सृजना हुने जोखिम पनि आफैंले व्योहोर्नु पर्ने हुनाले सामान्य सफ्टवेयर पनि कपि पेष्टमा चलेका छन् भन्ने आरोप निराधार नै हो भन्छु

माछापुच्छ्रेले लाइसेन्सप्राप्त सफ्टवेयर मात्रै प्रयोग गरिरहेको अन्य बैंकहरुले पनि लाइसेन्सप्राप्त सिष्टम सफ्टवेयर नै प्रयोग गरिहेका छन् भन्ने मेरो विश्वास हो

नेपालमा विगतमा स्विफ्ट (swift) संग एटिएमसंग सम्बन्धित साइबर क्राईमहरु भएका छन ति कमजोरीहरुको पहिचान गरी बैंकहरुले क्रमिक रुपमा सुरक्षामा लगानी पनि बढाउँदै लगेका छन सिरियसनेस नपुगेको होला तर बैंकहरु सिरियस नै छैनन भन्न चाहि नमिल्ला अन्तराष्ट्रिय रुपमानै हेर्दा के देखिन्छ भने सुरक्षा प्रणाली राम्रो बलियो हुँदा हुँदै पनि प्रविधिको पक्षमा हयाकरहरुले सधै नयाँ तरिका वे आउट (Way out)  निकालिरहेका हुन्छन्

नेपाली बैंकहरुले पहिचान भएका सुरक्षा चुनौती (Security Threat) को उचित व्यवस्थापन गरिरहेका छन समय समयमा आउने नयाँ थ्रेट (Threat) हरुलाई पनि समय सापेक्ष रुपमा सम्बोधन गरिनै रहेका छन जस्तो लाग्छ . प्रविधिमा डिफेन्स वाल स्ट्रोंग टल (defense wall strong / tall) बनाउन लगानीमा कन्जुस्याई चाहि पक्कै गर्नु हुँदैन

माछापुच्छ्रे बैंकको कुरा गर्दा भने हामीले कर्मचारीको छनौट र नियुक्ति पछि केन्द्रिय स्तरमै पर्याप्त तालिम दिन्छौं । बैंकका आन्तरिक Manuals, Process Notes, Product Papers आदि र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका तथा परिपत्रहरुको यथेष्ट ज्ञान दिएरमात्र शाखाहरुमा काममा खटाउँछौं ।

ह्याक लगायतका जोखिमहरु बढिरहेका छन्, अहिलेका जोखिमहरु प्रविधिगत मात्र हुन् कि यसमा मानवीय त्रुटी पनि हाबी जस्तो लाग्छ ?

यसमा दुवै पाटो हुन्छन मानवीय त्रुटी किन हुन्छ भन्ने बारे थाहा हुन् आवश्यक पहिलो कुरा, पर्याप्त तालिमप्राप्त कर्मचारी नराख्दा मानवीय त्रुटी हुन् सक्छ संचालन जोखीमको महत्वपूर्ण पाटो अवश्यपनि मानविय त्रुटी (Human Error) हो कर्मचारीहरुबाट अन्जानमा हुनसक्ने केहि त्रुटिका कारणले ठूलो जोखीम निम्त्याउन पनि सक्छ कर्मचारीले जानीजानी बदनियतका साथ गर्ने गल्ती अक्षम्य नै हुन्छ

कहिकतै कर्मचारीहरुबाट बदनियतकाका साथ घटाईएका घटनाहरु नसुनिएका होइनन् तर त्यस्ता घटनाहरु माथीको तुरुन्त छानविन कारबाहिले यस्ता घटनाको frequency  / Impact बढ्छ, तर कर्मचारीहरुबाट अन्जानमा हुने गल्तीहरुको विश्लेषण गर्दा के पाइन्छ भने अधिकांश त्रुटिहरु हतारमा कार्य सम्पादन गर्न खोज्दा हुन भएको देखिन्छ। कतिपय अवस्थामा उनीहरुलाई बैंकले दिनुपर्ने तालिम पर्याप्त अभ्यासको अभावमा पनि त्रुटिहरु हुनजान्छ

माछापुच्छ्रे बैंकको कुरा गर्दा भने हामीले कर्मचारीको छनौट नियुक्ति पछि केन्द्रिय स्तरमै पर्याप्त तालिम दिन्छौं बैंकका आन्तरिक Manuals, Process Notes, Product Papers आदि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका तथा परिपत्रहरुको यथेष्ट ज्ञान दिएरमात्र शाखाहरुमा काममा खटाउँछौं

अर्को, कर्मचारी आफैंले जानीजानी गर्ने त्रुटी पनि भेटिएका छन्, तर यसको मात्रा एकदम कम हुने गर्छ पछिल्ला केहि घटनाले पनि यो कुरा पुष्टि गरेको मानवीय त्रुटीलाई कम गर्न सकिन्छ बैकहरुले मानवीय त्रुटी कम गर्नलाई कोशिस पनि गरिरहेका छन् विगत केही समय अघिसम्म नेपालमा कर्जा जोखिम बाहेकका अन्य जोखिमहरुमा बैंकहरुको खासै ध्यान लगानी गर्ने परिपाटी नरहेको अवस्था थियो भने आजको दिनसम्म आइपुग्दा अधिकाशं बैंकहरुले संचालन जोखीम न्यूनिकरण गर्ने पर्याप्त पुँजी समय खर्चेको देखिन्छ साथै नियमक निकायले पनि संचालन जोखीम लगायत अन्य जोखीम व्यवस्थापन कडाईका साथ लागु गर्ने समय समयमा विभिन्न निर्दशनहरु दिदै आएको

बैंकमा कार्यरत कर्मचारीहरुले जानीजानी वा अन्जानमा संचालन प्रकृयामा अवलम्बन गर्नुपर्ने नियम÷निर्देशिकाको पूर्ण पालना नगरेको अवस्थामा सूचना प्रविधिको क्षेत्रमा पर्याप्त ध्यान पूँजी लगानी नगरी सुरक्षा पर्याप्ततामा नजरअन्दाज गरेको अवस्थामा संचालन जोखीम बढेर जान्छ

विश्व परिपेच्छमा पनि हर्नेहो भनेपनि कर्जा जोखीमका कारणले भन्दा संचालन अन्य जोखीमको व्यवस्थापनमा चुक्दा धेरै बैंक तथा वित्तीय संस्थाहरु धरासायी भएका या ठूलो परिमाणमा जरीवाना तिर्न बाध्य भएका अनेकन् उदाहरण छन् कर्जामा प्राथमिक धितो, अतिरिक्त धितो, व्यक्तिगत जमानी लगायतका थुप्रै Fall back हुन्छन् तर संचालन तथा अन्य जोखीम व्यवस्थापनमा चुकियो भने त्यसका वित्तीय अन्य थुप्रै दुरगामी प्रभाव पर्न सक्छन्

माछापुच्छ्रे बैंक अल्पकालमा उचित प्रतिफल दिदै दिर्घकालमा एउटा उदाहरणिय बैंक बन्ने लक्ष्य र अठोटका साथ अघि बढिरहेको छ, बैंकको नीतिपनि यहि हो ।

कर्जाको लागि नक्कली कागजातको प्रयोग हुने, बैंकबाटै नक्कली पैसा लेनदेन हुने जस्ता घटनाहरु पछिल्लो समय हामीले रीपोर्टिङ गरिरहेका छौं, यो पनि मानवीय त्रुटीसँग जोडिएको विषय हो नि ?

नक्कली कागजको आधारमा कर्जा लैजाने, धितोमा झुक्याउने जस्ता कार्य अझैपनि कहिलेकाँही सुन्नमा आउछ कागजको पर्याप्तता, पेश गरिएको काजजात अनुसारको व्यवसाय, ऋणीको पहिचान जस्ता कार्य बैंक स्वयंले गर्दछ सोको आंकलनमा बैंक चुक्नु भनेको बैंकको कमजोरी हो बैंकले पर्याप्त तालिम दिन नसक्नु, क्षमता अनुसारको कर्मचारी खटाउन नसक्नुकर्मचारी छनौटमा त्रुटी गर्नु जस्ता कार्यहुन गएमा यस्तो जोखीम पनि बढछ

तर जहाँ सम्म एउटा धितो भनी अर्को धितो राख्ने एक ठाउँको भनि अर्को ठाउँको राख्ने, कमसल धितो राख्ने जस्ता कार्यमा भने बैंकको कर्मचारीको मात्र दखल नपुग्नपनि सक्छ सोही कारणले बैंकहरुले व्यवसायिक स्वतन्त्र मुल्यांकनकर्ताहरुको छनौट नियुक्ति गरेको हुन्छ

मुल्यांकनकर्ताले दिएको मूल्य धितोको पर्याप्तता हरेर बैंकहरुले आफनो जोखिम क्षमता (Risk appetite) अनुसार कर्जा लगानी गर्छन आफनो संस्थामा निहित जोखीम आफैले व्यवस्थापन गर्नु पर्छ जोखीम व्यवस्थापन, अनुपालन तथा संस्थागत सुशासन हमेसा कायम राख्नु संस्थाको नितान्त निजी दायित्व हो यो कसैले भनिरहनुपर्ने  (नियमनकारी निकायलेपनि) कुरा होइन

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले धेरै क्षेत्रमा अनुगमन तथा नियमन बढाएको यसको एक मात्र कारण हामीहरु आत्म अनुसाशित (self- disciplined) नहुनाले हो  बैंकमा कर्मचारीलाई जिम्मेवारी दिनु भन्दा पहिले नै उनीहरुलाई उनीहरुको जिम्मेवारी अनुसारको तालिम दिने त्यहि अनुसारको मापदण्ड पुरा गर्नुपर्छ

नक्कली चेक, नक्कली पैसा, नक्कली कागजात, चेक अनादर जस्ता प्रकृतिका  कृयाकलाप बढदै जानु भनेको प्रणालीगत जोखीम बढदै जानु हो यो कुनै व्यक्ति विशेष या संस्था विशेषको Inefficiency ले गर्दा उत्पन्न भएको समस्या भने होइन हो, यसलाई कम गर्न बैंक तथा वित्तीय संस्थाले आ_आफनो कार्यप्रणालीलाई शसक्त (process strengthen) , { efficient / effective technology मा पूँजी लगानी गर्नु जरुरी , साथै नियमनकारी निकायले पनि यस्ता प्रणालीगत जोखीम कमगर्न बाध्यकारी नियमन गर्नु जरुरी हुन्छ जोखीम व्यवस्थापन गर्न आज गरिने लगानीले दुरगामी रुपमा बैंकलाई सबल बनाउँछ

माछापुच्छ्रे बैंकले विगत लामो समयदेखि जोखीम व्यवस्थापन, अनुपालन संस्थागत सुशासनमा शुन्य सहनशिलताको नीति अवलम्बन तथा पालना गर्दै आइरहेको हो, अनुपालनको उचित जोखीम व्यवस्थापनको मुल्य हुन्छ अल्पकालिन हिसाबमा यसले संस्थाको नाफा, प्रतिफल तथा अन्य सूचांकमा थोरै प्रतिकुल असर गर्नसक्छ तर दिर्घकालमा यसले संस्थालाई मजबुत पार्ने, शेयरहोल्डरको प्रतिफल सुदृढ बनाउने प्रणालीमा नै एउटा उदाहरण बन्न सक्छ  माछापुच्छ्रे बैंक अल्पकालमा उचित प्रतिफल दिदै दिर्घकालमा एउटा उदाहरणिय बैंक बन्ने लक्ष्य अठोटका साथ अघि बढिरहेको बैंकको नीतिपनि यहि हो

केहि बैंकहरु आउटसोरसिङ कर्मचारीकै भरमा देखिन्छन, यसले मानवीय इरर बढाउँनलाई कस्तो भूमीका निर्वाह गरेको ?

Out Sourced Staff भनेका बैंकले आफनो मुख्य काम  { (Core Function) बाहेकका सहायक कार्यहरुलाई चुस्त दुरुस्त बनाउन, ग्राहक सेवालाई चाँडो Efficient बनाउन तथा खर्च मितव्ययिता समन्वय गर्न व्यवस्था गरेको पद्धति हो  माछापुच्छ्रे बैंकले नियमनकारी निकायले अनुमति दिएका बाहेकका कार्यहरुमा आउटसोरसिङ स्टाफबाट कार्यसम्पादन गराएको छैंन आउटसोरसिङबाट कर्मचारी लिदां कर्मचारीको दक्षता आंकलन गरिदैन (जुन नियमित प्रक्रियाबाट लिने कर्मचारीको गरिन्छ) नत उनीहरुलाई उचित पर्याप्त तालिमनै दिइन्छ, खाली कर्मचारी खर्च घटाउने उद्देश्यले मात्र कुने बैंकले आउटसोरसिङ कर्मचारीकै भरमा मात्र शाखा चलाउन खोज्छ भने त्यसले अवश्य पनि जाखीम बढाउँछ नियमनकारी निकायको निर्देशनको पनि उल्लंघन हुन्छ

कोभिड १९ ले जन्माएका संचालन जोखिमलाई कसरी विश्लेषण गर्नु भएको ?

कोभिड १९ ले जन्माएको सवैभन्दा ठूलो चुनौती संचालन जोखीम अन्तरगत व्यवसाय निरन्तरता  (Business continuity) संग गाँसिएको बैंक अत्यावश्यक सेवा भित्र पर्ने भएकोले एकातिर हामीलाई जस्तो सुकै अप्ठ\यारो परिस्थितिमा पनि सेवा दिनैपर्ने अवस्था भने अर्कोतिर कोभिडको कहरबाट प्रत्येक कर्मचारीलाई सुरक्षित राख्नुपर्ने दायित्व पनि

कर्मचारीको व्यक्तिगत सुरक्षा सर्वसाधारणलाई निरनतर दिनुपर्ने सेवालाई समन्वयात्मक रुपमा अघि बढाउनु नै अहिलेको मुख्य चुनौति हो  माछापुच्छ्रे  बैंकको कुरागर्दा हामीले विगत लामो समयदेखी जस्तोसुकै अप्ठयारो परिस्थितिमा पनि सेवा निरन्तरताका लागि Business Continuity Plan तयार गरी कार्यान्वयन गराउँदै आएका छौं साथै कर्मचारीको स्वास्थ्य सुरक्षा ग्राहकवर्गलाई दिनुपर्ने सेवा दुवैलाई समन्वय गरी केन्द्र सरकार, स्थानिय सरकार स्थानिय निकायले समय परिस्थिति अनुसार जारी गरेका मापदण्डको पूर्ण पालना गर्नेगरी Standard Operating Procedure (SOP) जारी गरी सो लाई समय समयमा संशोधन परिमार्जन गर्दै लगेका छौं यो माहामारीको समयमा हामीले नेपाल सरकारको प्रस्ताव तथा अनुरोध बमोजिम डिजिटल कारोबारलाई प्रोत्साहन गरेका छौं

हाम्रा १९८ वटा एटिएम संजाल, मोवाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, POS, QR Scanner जस्ता अनेकन नगद रहित कारोबारको माध्यमलाई प्रोत्साहन गर्दै उक्त सेवा सुविधालाई अझ चुस्त दुरुस्त बनाएर लगेका छौं त्यसैगरी ग्राहकलाई थप सुविधा दिने हिसाबले ग्राहकको बैंकमा भौतिक उपस्थितिलाई न्यूनिकरण गर्न तथा बैंकिङ्ग सेवा घरै बसी लिन सकियोस भन्ने अभिप्रायले हामीले विहान बजे देखी बेलुकी बजे सम्म ग्राहक सेवा केन्द्र (Customer Call Center) लाई परिचालन गरेका छौं हाम्रा ग्राहकले अव घरै बसेर आफना गुनासो समस्याको समाधान पाउने व्यवस्था गरेका छौं

यो कोभिडको महामारीमा अहोरात्र खटेर ग्राहक सेवामा लाग्ने हाम्रा कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखिएको उक्त संक्रमणबाट प्रभावित हाम्रा कर्मचारीलाई हामीले घरबाटै काम गर्न सक्ने व्यवस्था (work from home), संक्रमणबाट जोगिन पर्याप्त सुरक्षा उपायहरु -मास्क, स्यानिटाइजर, फेस सिल्ड, सामाजिक÷भौतिक दुरी, (work from home) अवलम्बन गर्न प्रोत्साहन बाध्यकारी व्यवस्था मिलाएका छौं साथै कोभिड संक्रमणका कारणले बैंकको कुनै पनि कार्य तथा विभागका कामकारवाही अवरुद्ध हुनसक्ने जोखीमलाई न्यूनिकरण गर्न अतिरिक्त खर्च गरेरै पनि Temporary Business Site (TBS) को व्यवस्था गरी अत्याववश्यक ग्राहक सेवा एक स्थानबाट नभै भिन्न भिन्न स्थानबाट संचालन गरी बैंकिङ्ग सेवाको निरन्तरतालाई सुनिश्चित गराएका छौं

हाम्रो चाहना भनेको अप्ठ्यारामा परेका हाम्रा ऋणीहरु कर्जाकै कारण व्यवसाय बन्द गर्न नपरोस भन्ने हो। राष्ट्र बैकले तोकेको मापदण्ड भित्र रहेर हामीले हाम्रो ऋणीलाई सकेसम्मको सेवा दिइरहेका छौं।

कोभिड १९ ले प्रभावित ऋणीहरुलाई सहुलियत दिएर अवस्था केहि भएपनि सहज बनाउनलाई सरकारले निर्देशित गरेको भन्दा बाहेकका कस्ता सेवा माछापुच्छ्रे बैंकले ग्राहकलाई दिईरहेको ?

नेपाल राष्ट्र बैंकले निर्देशित गरेको चैत मसान्तसम्म ब्याज रकममा १० प्रतिशत छुट, पुष मसान्तसम्म ब्याज मा 2 प्रतिशत छुट, असारमा तिर्नुपर्ने ब्याजमा सहुलियत  दिने जस्ता सुविधा माछापुच्छ्रे बैंकले दिईरहेको तर यत्तीका लामोसमय सम्म बन्द भएर व्यवसाय चलाउनको लागि पैसाको अभाव भएका ऋणीहरुलाई  माछापुच्छ्रेले ऋणीहरुको कर्जामा २० प्रतिशतसम्म थप दिएको कतिको ऋणमा हामीले पुनर्तालिकीकरण समेत गरेका छौं भने कतिपयको कर्जामा थप कर्जा दिएका छौं हाम्रो चाहना भनेको अप्ठ्यारामा परेका हाम्रा ऋणीहरु कर्जाकै कारण व्यवसाय बन्द गर्न नपरोस भन्ने हो राष्ट्र बैकले तोकेको मापदण्ड भित्र रहेर हामीले हाम्रो ऋणीलाई सकेसम्मको सेवा दिइरहेका छौं

संचालन जोखिम मात्र नभई अन्य सबै सूचकमा २७ बाणिज्य बैंकमा माछापुच्छ्रेलाई कहाँ देख्नु हुन्छ ?

संचालन मात्र नभई सम्पूर्ण जोखीम व्यवस्थापनमा माछापुच्छे बैंक अब्बल मध्येको बैंक हो आफुले आफुलाई अब्बल पारदर्शि सबैलेनै भन्छन् तर तिमी राम्रो छौ, अब्बल छौ भनेर अर्काले भन्दिनु महत्वपूर्ण हुन्छ अझ त्यसमाथि नियमनकारी निकायले नै उक्त कुरा भन्दिनु भनेको बढी आधिकारीक महत्वपूर्ण हुन्छ

नेपाल राष्ट्र बैंकले आफनो नियमित अनुगमनको सिलसिलामा बैंकले गरेका कृयाकलाप जोखीम व्यवस्थापनका आधारमा आवश्यकता प्रकृति अनुसार मापदण्ड नपु¥याएका बैंक वित्तीय संस्थाहरुलाई अतिरिक्त Capital Charge लगाउने गर्छ बैंक वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले केही समय अघि प्रकाशन गरेको एउटा तथ्याङ्क अनुसार २७ वटा वाणिज्य बैंकहरुमा माछापुच्छे बैंक संचालन तथा अन्य जोखीम व्यववस्थापनमा अब्बल मध्येको एक बैंक भन्ने स्थापित भएको अवश्यपनि प्रणालीमा निहित तथा प्रणालीमा उत्पन्न जोखीम न्यूनिकरण व्यवस्थापन गर्न नियमनकारी निकाय सरकारी हस्तक्षेपको आवश्यकता पर्दछ

यसो भनिरहदा यो पनि बुझनु जरुरी कि अधिकांश प्रणालीगत जोखीम राष्ट्रिय अन्तरराष्ट्रिय पृष्ठभुमीमा हुने उतार चढावबाट उत्पन्न हुन्छन केही भने Industry को कमजोर अदुरदर्शी कृयाकलापले दिर्घकालमा जन्माउछ यसर्थ संस्था भित्रको आन्तरिक जोखीमको उचित समय सान्दर्भिक व्यवस्थापन संस्था स्वयंले नै गर्नुपर्छ थोरै बढी नाफा उन्मुख अल्पकालिन प्रतिफलको हामी अपेक्षा गर्दछौं सोही कारणले दिर्घकालमा ठूलो दुर्घटना निम्तिने खतरा हुन्छ


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved