गुराँस लघुवित्तको आईपिओ तपाईलाई पर्यो कि परेन ? नतिजा बिजपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 10:53:19 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहिबार बिहान क्यापिटलको कार्यालयमा शेयर बाँडफांड गरेको हो  ।

कम्पनीले बैशाख १६ गतेदेखि  प्रति कित्ता १०० रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता आइपीओ  निष्काशन गरेको हो । जस मध्ये ३ हजार ८ सय ७५ कित्ता कर्मचारीको लागि र १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको २ लाख ३३ हजार ६ सय २५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन । तर कर्मचारीले ३८ सय ७० कित्ताको लागि मात्र आवेदन दिएपछि सर्वसाधारणलाई २ लाख ३३ हजार ६ सय ३० कित्ता शेयर बाँडफांड भएको छ ।

आईपिओमा करिब ३ लाख २ हजार ३८ आवेदकले आवेदन दिएकोमा ६ सय ४२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका ३ लाख १ हजार ३ सय ९६ योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा गर्दा २३ हजार ३ सय ६३ जनाले समान १० कित्ताको दरले शेयर पाएका छन्  । २ लाख ७८ हजार ६ सय ७५ आवेदक भने हात खाली भएका छन्  । आईपिओमा २३.८० गुणा बढीको आवेदन परेको थियो । 



  लघुवित्तको जारि पुंजी ७ करोड ७५ लाख र चुक्ता पुंजी ५ करोड २५ लाख छ। सर्वसाधारणलाई आइपीओं निष्काशन पश्चात चुक्ता पुंजी ७ करोड ७५ लाख पुग्नेछ। लघुवित्त २०७३ सालमा स्थापना भई प्रदेश १ मा केन्द्रित रहेर त्यहाँका १० जिल्लामा २२ वटा शाखा मार्फत ११ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। 

आईपिओको नतिजा  बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा गुराँस लघुवित्त छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे नपरेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved