एनआरएन इन्फास्टट्रक्चरको आईपिओ तपाईलाई पर्यो कि परेन ? हेर्नुस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 05:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले मंगलबार बिहान आईपिओ बाँडफांड गरेको हो । 

 कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ६९ हजार ९ सय २ कित्ता सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात् ६७ हजार ९ सय ६१ कित्ता कर्मचारीहरुको लागि छुट्याइएको थियो ।  बाँकि रहेको ३१ लाख ६० हजार १ सय ८३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

तर कम्पनीको आईपिओमा कम्पनी कै कर्मचारीले पर्याप्त आवेदन नदिएको पाईएको छ । कर्मचारीलाई छुट्याइएको आईपिओमा  २ जनाले मात्र आवेदन दिएका हुन्। यस सँगै सर्बसाधारणलाई छुट्याईएको शेयर संख्या ३२ लाख ६ हजार १ सय ४० कायम भएको छ । गोलाप्रथाबाट ३ लाख २० हजार ६ सय १४ जनाले समान १० कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपिओमा ४ लाख १८ हजार ९ सय १८ जनाले आवेदन दिएकोमा ४ लाख १७ हजार ९ सय ५८ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । यस अनुसार ९७ हजार ३ सय ४४ आवेदक हात खाली भएका छन् ।

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकाशित गरिएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा 'NRNA Infrastructure' छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved