बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




शिब धिताल/बिजपाटी     Nov 15, 2018 | 04:28:59 PM



 मोदी इनर्जी लिमिटेडले अईपियो निष्काशन गर्ने भएको छ । कम्पनीले ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । जस मध्ये १६ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा तथा २५ लाख २० हजार कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ ।

शेयर निष्काशनको लागि कम्पनीले सनराइज क्यापिटलसँग बिक्रि प्रबन्धकको लागि सम्झौता गरेको छ । सम्झौतामा कम्पनीको तर्फवाट संचालक कुमुद कुमार दुगड तथा सन्राइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital









Close in 7