ईन्फिनिटी लघुवित्तले ६ करोड ७४ लाखको आईपिओ जारि गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 01:19:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर २८ गते नवलपुरमा बस्ने गरी साधारणसभा डाकेको हो । 

कम्पनीले साधारणसभामा आईपिओ निष्काशन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको जारि पुंजीको ३२.५० प्रतिशतले हुन् आउने ६ करोड ७४ लाख बराबरको आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो  ।  जस अनुसार कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन हुने छ  । 

हाल कम्पनीको चुक्ता पुंजी  १४ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको पुंजी  २० करोड ७४ लाख पुग्ने । कम्पनीले यस अघि नै शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लि. लाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।  

त्यस्तै कम्पनीले आफ्नो उदेश्यमा विप्रेषण र भुक्तानी सेवा प्रदायकको कारोबार गर्ने बुंदा थप गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved