पौने २ लाखले भरे सामुदायिक लघुवित्तको आईपिओ, कतिको पर्यो आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 05:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर २ गतेदेखि निष्काशन गरेको आईपिओमा अत्याधिक आवेदन परेको छ । तेस्रो दिन बेलुका ५ बजेसम्मको तथ्यांक अनुसार आईपिओमा १ लाख ७९ हजार १ सय २१ आवेदकले १ करोड १६ लाख २६ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएको बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ ।  यो माग भन्दा ४२.५८ गुणा बढीको आवेदन हो ।  

 कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको हो । लगानीकर्ताले मङ्सिर ५ सम्म आईपिओमा आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले न्यूनतंम ५० कित्ता र अधिकतम १५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर ५० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन। 

कम्पनीले ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । लगानीकर्ताले आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

कम्पनीले गत माघ महिना मै आईपिओ निष्काशन गर्ने मिति सार्बजनिक गरिसकेको थियो । तर आईपियो निश्कासन हुने अघिल्लो दिन मात्र राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आईपियो रोकिएको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको,  रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको छैन, कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपियो रोकिएको थियो 

रोकिएको आईपिओ झन्डै १ बर्ष पछि आएकोले कम्पनीले संशोधित आह्वान पत्र सार्बजनिक गरेको छ । 

सम्बन्धित समाचार: 

आईपिओ रोकिएको सामुदायिक लघुवित्तका सीइओ र संचालक समितिका अध्यक्ष पक्राउ

सामुदायिक लघुवित्तका सीईओलाई राष्ट्रबैंकले गर्यो कारबाही, कहिले आउछ रोकिएको आईपिओ ?

अचानक किन रोकियो सामुदायिक लघुवित्तको आईपिओ? यसो भन्छन बोर्ड, राष्ट्र बैंक र बिक्रि प्रबन्धक

भोलीबाट बिक्रि खुला हुने भनिएको सामुदायिक लघुवित्तको आईपिओ निष्काशन प्रक्रिया स्थगित


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved