हिमालय उर्जाको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, क-कसले भर्न पाउंछ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 21, 2018 | 08:14:35 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले स्थानीयको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज मंगसिर ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक ६ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीक लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो  । कम्पनीले अति प्रभावित गोकुल गंगा गाउँपालिका वडा नम्बर १ तथा जिरी नगरपालिका वडा नम्बर १ र २ लाई ४० प्रतिशत, र अन्य प्रभावितलाई ६० प्रतिशत शेयर निष्काशन गरेको हो  । 


 लगानीकर्ता न्यूनतंम ५० कित्ता र अधिकतम ४९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट क्यापिटल रहेको छ ।  

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

आईपिओमा आवेदन दिनको लागि निम्न केन्द्र तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved