मध्य भोटेकोशीको आईपिओमा ६० करोड बढीको आवेदन, कतिले भरे शेयर ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 10:47:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको सिमित आईपिओमा हालसम्म ६० करोड बढीको आवेदन परेको छ ।  कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्मको लागि  १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार आज बुधबार बिहान १० बजेसम्ममा १९ हजार ९ सय ८० आवेदकले  ६० लाख ४७ हजार २ सय ३५ कित्ताको लागि आवेदन गरेका हुन्। 

 कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्मको लागि  १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको हो । यो आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् । जस मध्ये संचयकर्ताहरुको लागि १ करोड १७ लाख कित्ता छुट्याइएको छ ।  संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीलाई भने मङ्सिर १९ गतेदेखि २६ गतेसम्म आईपियो निष्काशन हुने छ । 

कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

यदि तपाई पनि उल्लेखित वर्गमा पर्नु हुन्छ भने तपाईले निम्न कार्य गर्नु उचित हुन्छ । 

१) योग्य/अयोग्य थाहा पाउनु होस् 

संचयकोषका सबै संचयकर्ताले यस आईपिओमा आवेदन दिन पाउने छैनन्।  २०६८ मङ्सिर २२ मा कायम रहेका र त्यस पश्चात २०७५ असोज २९ गतेसम्ममा संचय कोषमा कायम रहेका संचयकर्ताले यसमा आवेदन दिन पाउने छन्   । यदि तपाई यो भित्र पर्नु हुन्छ कि हुदैन भन्ने थाहा नभए आफ्नो आइडीबाट तपाईले संचय कोषको वेबसाइट मार्फत चेक गर्न सक्नु हुन्छ  यहाँ क्लिक गरेर आफ्नो युनिक नम्बर हालेर चेक गर्न सकिन्छ । यदि तपाई आवेदन दिन योग्य हुनु हुन्न भने अरु प्रक्रियामा प्रवेश नगरेकै बेश । 

२) डिम्याट नम्बर 

यस आईपीओमा आवेदन दिन डिम्याट नम्बर अनिवार्य गरिएको छ । यदि डिम्याट नम्बर छैन भने आफुलाई पायक पर्ने डिपीबाट तत्काल नै डिम्याट खोल्नु होला अन्यथा तपाईले यस आईपिओमा आवेदन दिन पाउनु हुन्न । 

३) युनिक आईडी

हरेक संचयकर्तालाई संचय कोषले आइडी प्रदान गरेको छ, जसमा युनिक नम्बर रहन्छ । आईपिओमा आवेदन दिंदा यो आईडी अनिवार्य रुपमा देखाउनु पर्ने छ । त्यस्तै संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीको हकमा पनि यो लागु हुन्छ ।

अवकाश प्राप्त संचयकर्ताको हकमा अवकाश पत्र वा सम्बन्धित संस्थाको सिफारिस पत्र, नागरिकताको प्रतिलिपि र कोष परिचय पत्र नम्बर पनि आवश्यक पर्छ । 

४ ) सिफारिस (युनिक आईडीमा समस्या भए मात्र)

यस अघि रसुवागढी र सान्जेंन हाइड्रोले संचयकर्तालाई आईपिओ निश्काशन गर्दा  केहीको हकमा २ जनाको एउटै आइडी भएको पाइएको थियो । यस पटक त्यस्तो समस्या नआउने संचय कोषले दाबी गरेको छ । तर समस्या आइहालेमा तपाईले संचय कोषबाट एउटा सिफारिस लिनु पर्ने हुन्छ । सिफारिसमा तपाइको आइडीमा समस्या भएको उल्लेख गरी तपाईको असली आइडीको बिषयमा जानकारी गराईएको हुन्छ । यस्तो सिफारिस कोषको जुनसुकै कार्यालयबाट लिन सकिन्छ ।

५) विवाह दर्ता (थर फरक भएका विवाहित महिलाहरुको लागि मात्र)

बिशेषगरी विवाहित महिलाहरुले विवाहपछि थर परिवर्तन गर्छन । यसो हुँदा उनीहरुले विवाह अगाडी खोलेको डिम्याटमा एउटा थर र संचयकोषमा भएको विवरण अर्कै थर हुँदा समस्या आउने गर्छ । साथै बैंकमा भएको खातामा पनि फरक थरका कारण समस्या हुने गर्छ । यसलाई समाधान गर्न डिम्याट खाता, बैंक खाता र संचयकोषको आइडीमा समान थर नभएका विवाहित महिलाले आईपिओ भर्दा विवाह दाताको प्रमाणपत्र पनि पेश गर्नु पर्ने छ ।

६) सिआरएन नम्बर 

यस आईपिओमा आवेदकले सी -आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सी -आस्वा प्रणालीबाट आवेदन दिनको लागि सी -आस्वा रजिस्ट्रेसन नम्बर अर्थात सिआरएन नम्बर अनिवार्य हुन्छ। यदि तपाईसंग सिआरएन नम्बर छैन भने आईपिओ भर्दा जुन बैंकको खाता प्रयोग गर्ने हो त्यहि बैंकमा गएर सिआरएन नम्बर लिनु होला  । यो आईपिओमा अनलाइन मार्फत आवेदन दिन मिल्दैन । यसर्थ हरेकले माथि उल्लेखित कागजात र प्रक्रिया पुर्याएर आफु स्वयं नै बैंकमा आईपिओ भर्नको लागि उपस्थित हुनु पर्ने छ ।

७) खाता सक्रिय

यदि तपाईले आफ्नो बैंक खाता ६ महिनाभन्दा बढी समयसम्म प्रयोग गर्नु भएको छैन भने तपाइको खाता निष्क्रिय भएको हुन्छ । यसलाई बंकिंग भाषामा 'डोरमेन्ट एकाउन्ट' अर्थात निष्क्रिय भनिन्छ । यदि तपाईले पनि ६ महिना भन्दा बढी समयसम्म खाता प्रयोग गर्नु भएको छैन भने तपाइको खाता निष्क्रिय नै हुन्छ । आईपिओ भर्न खातालाई सक्रिय बनाउनु पर्ने हुन्छ । त्यसको लागि सम्बन्धित बैंकबाट आफै उपस्थिति भ्याएर एकाउन्ट एक्टिभेशन फारम भरी बुझाउनु पर्ने हुन्छ । यदि तपाईले केवाईसी नभरेको भए आईपिओ भर्नु अगाडी त्यो पनि भर्नु पर्ने हुन् सक्छ ।

८) चेक प्रतिबन्ध 

आईपिओ भर्दा आवश्यक पर्ने रकमको लागि चेकको जोहो गर्नु भएको छ भने त्यसलाई साटेर उक्त रकम खाता मै डिपोजिट गर्नु होला ।  चेक मार्फत आईपिओमा आवेदन दिन पाइने छैन ।

९) खातामा पर्याप्त रकम 

यी बाहेक आवेदन दिनु अगाडी खातामा पर्याप्त रकम छ कि छैन भनेर चेक गर्नु पर्छ । यदि खातामा पर्याप्त रकम नभए तपाइको आवेदन रद्द हुन्छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन र बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल रहेका छन्।


यो पनि : 

'भोटेकोशी लगानीयोग्य कम्पनी हो, ढुक्क भएर आईपिओ भर्नुस' सीईओ काफ्लेसँगको अन्तर्वार्ता

मध्य भोटेकोशीको आईपिओमा आवेदन दिन विवाह दर्ता प्रमाणपत्र अनिवार्य !

मध्य भोटेकोशीले कार्तिक २८ देखि डेढ अर्बको आईपिओ निष्काशन गर्ने, क-कसले दिन पाउंछ आवेदन ?

मध्ये भोटेकोशीलाई १ करोड ४४ लाख कित्ता आइपीओ बिक्रीको अनुमति

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved