सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर २ गतेदेखि निष्काशन गरेको आईपिओमा ६६ सय ८४ जनाको आवेदन रद्द भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले दिएको जानकारी अनुसार ६०३५ जनाको आवेदन अस्वीकृत भएको र ६ सय ४९ जनाको आवेदन अयोग्य भएको हो । खातामा पैसा नहुने, आवेदन पत्रमा विवरण नमिल्नेहरुको आवेदन अस्वीकृत अर्थात् 'रिजेक्ट' हुन्छ । त्यस्तै दोहोरो आवेदन गर्नेको र संस्थाहरुले आवेदन दिए त्यस्तो आवेदन अयोग्य अर्थात् 'डिसक्वालीफाई' हुन्छ ।
एसबीआई मर्चेन्ट बैंकिङले सबै आवेदनहरुको चेक गर्ने काम सकेको जनाएको छ । जस अनुसार २ लाख ५४ हजार ६ सय ६७ आवेदक शेयर पाउनको लागि योग्य भएका छन् । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको हुनाले गोलाप्रथाबाट केवल ३० हजार आवेदकले मात्र शेयर पाउने छन् । यस हिसाबमा २ लाख २४ हजार ६ सय ६७ आवेदक हात खाली हुनेछन् । अयोग्य र अस्वीकृत आवेदन समेत जोड्दा यो संख्या २ लाख ३१ हजार ३ सय ५१ आवेदक हात खाली हुनेछन् । अर्थात् आवेदन दिएका २ लाख ३१ हजार ३ सय ५१ आवेदक हात खाली हुनेछन् ।
आज बेलुकासम्ममा शेयर बाँडफांड मिति बारे टुंगो लाग्ने क्यापिटलले जनाएको छ ।सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ।
कम्पनीले गत माघ महिना मै आईपिओ निष्काशन गर्ने मिति सार्बजनिक गरिसकेको थियो । तर आईपिओ निश्कासन हुने अघिल्लो दिन मात्र राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आईपियो रोकिएको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको, रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको छैन, कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपियो रोकिएको थियो ।
सम्बन्धित समाचार: