सामुदायिक लघुवित्तको आईपिओ बाँडफांड सोमबार , २ लाख ३१ हजार आवेदक हात खाली हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 04:40:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर २ गतेदेखि निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड हुने भएको छ  । बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले दिएको जानकारी अनुसार आईपिओ सोमबार बिहान ८:३० बजे बाँडफांड हुनेछ । 

आईपिओमा ६६ सय ८४ जनाको आवेदन रद्द भएको छ ।   ६०३५ जनाको आवेदन अस्वीकृत  र ६ सय ४९ जनाको आवेदन अयोग्य गरी कुल  ६६ सय ८४ जनाको आवेदन रद्द भएको हो ।  खातामा पैसा नहुने, आवेदन पत्रमा विवरण नमिल्नेहरुको आवेदन अस्वीकृत अर्थात् 'रिजेक्ट' हुन्छ ।  त्यस्तै दोहोरो आवेदन गर्नेको र संस्थाहरुले आवेदन दिए त्यस्तो आवेदन अयोग्य अर्थात् 'डिसक्वालीफाई' हुन्छ । 

 २ लाख ५४ हजार ६ सय ६७ आवेदक शेयर पाउनको लागि योग्य भएका छन् । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको हुनाले गोलाप्रथाबाट केवल ३० हजार आवेदकले मात्र शेयर पाउने छन् । यस हिसाबमा २ लाख २४ हजार ६ सय ६७ आवेदक हात खाली हुनेछन् । अयोग्य र अस्वीकृत आवेदन समेत जोड्दा यो संख्या २ लाख ३१ हजार ३ सय ५१ आवेदक हात खाली हुनेछन् । अर्थात् आवेदन दिएका २ लाख ३१ हजार ३ सय ५१ आवेदक हात खाली हुनेछन् ।

सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ। 

कम्पनीले गत माघ महिना मै आईपिओ निष्काशन गर्ने मिति सार्बजनिक गरिसकेको थियो । तर आईपिओ निश्कासन हुने अघिल्लो दिन मात्र राष्ट्र बैंकको निर्देशनमा कम्पनीको आईपियो रोकिएको थियो । राष्ट्र बैंकको सुपरिवेक्षण बिभागले गरेको अनुगमनको क्रममा सामुदायिक लघुवित्तको विवरणमा कैफियत भेटिएको,  रिपोर्टमा संस्थागत शुशासन् नदेखिएको छैन, कम्पनीमा अनियमितता देखिएको , कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक रहेकोले कम्पनीको आईपियो रोकिएको थियो 

सम्बन्धित समाचार: 

आईपिओ रोकिएको सामुदायिक लघुवित्तका सीइओ र संचालक समितिका अध्यक्ष पक्राउ

सामुदायिक लघुवित्तका सीईओलाई राष्ट्रबैंकले गर्यो कारबाही, कहिले आउछ रोकिएको आईपिओ ?

अचानक किन रोकियो सामुदायिक लघुवित्तको आईपिओ? यसो भन्छन बोर्ड, राष्ट्र बैंक र बिक्रि प्रबन्धक

भोलीबाट बिक्रि खुला हुने भनिएको सामुदायिक लघुवित्तको आईपिओ निष्काशन प्रक्रिया स्थगित


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved