माथिल्लो तामाकोशीको आईपिओ बाँडफांड आज, डेढलाख बढीलाई ५० कित्ता शेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 09:07:34 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्बसाधारणलाई  निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषले दिएको जानकारी अनुसार आईपिओ मंगलबार दिउँसो ३ बजे बबरमहलको क्रिष्टल प्यालेसमा बाँडफांड हुने छ । 

कम्पनीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।  दोहोरो आवेदन बढी भएकोले आईपिओ बाँडफाडमा ढिलाई भएको हो  ।  कोषका पुँजी बजार महाशाखा प्रमुख रोशन जंग कार्कीका अनुसार सुरुमा १२ हजारको हाराहारीमा दोहोरो आवेदन देखिएको भएपनि त्यसलाई केलाउदा ६ हजार मात्र आईपिओ पाउनको लागि अयोग्य भएका हुन् । अर्थात् ६ हजारको आवेदन रद्द भएको छ । अन्तिम तथ्यांक अनुसार योग्य आवेदकको संख्या ३ लाख ३४ हजारको हाराहारीमा आएको उनले जानकारी दिए । यी मध्ये करिब ५१ प्रतिशतले पुरै ५० कित्ता शेयर पाउने प्रारम्भिक आंकलन गरिएको प्रमुख कार्कीले बताए । यस हिसाबमा डेढ लाख बढीले ५० कित्ता शेयर पाउने छन् । बाँकिले भने ४० कित्ता शेयर पाउने छन् । 

यस अघि कम्पनीले ऋणदाता कम्पनीका कर्मचारी र स्थानीयलाई शेयर निष्काशन गरेको थियो । तर उनीहरु मध्ये केहिले फेरी सर्वसाधारणको कोटाको शेयरमा पनि आवेदन गरेका हुन् । यसरि दोहोरिएर गरिएको आवेदन रद्द हुने भएको हो । 

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved