यसरी बाँडफांड भयो माथिल्लो तामाकोशीको आईपिओ, १ लाख ७२ हजारले पाए ५० कित्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 03:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफांड भएको छ । बबरमहलको क्रिष्टल प्यालेसमा शेयर बाँडफांड भएको हो । कम्पनीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

आईपिओमा कुल ३ लाख ३९ हजार ७ सय ७५ आवेदकले आवेदन दिएका थिए । जस मध्ये विभिन्न कारणले ५ हजर ७ सय आवेदन रद्द भएको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । कुल ३ लाख ३४ हजार ७५ जना आवेदक शेयर पाउन योग्य रहेकोमा सबले शेयर पाएका छन् । जस मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनाले ५० कित्ता शेयर पाएका छन् । बाँकि १ लाख ६१ हजार ३ सय जनाले ४० कित्ता शेयर मात्र पाएका छन् । 

यस अघि कम्पनीले ऋणदाता कम्पनीका कर्मचारी र स्थानीयलाई शेयर निष्काशन गरेको थियो । तर उनीहरु मध्ये केहिले फेरी सर्वसाधारणको कोटाको शेयरमा पनि आवेदन गरेका हुन् । पहिले आवेदन गरेका ४ हजार ६ सय ८१ ले फेरी आवेदन गरेकोले उनीहरुको आवेदन रद्द भएको छ । त्यस्तै सिआश्वाबाट दोहोरो आवेदन दिने १ हजार ३२ जनाको आवेदन पनि रद्द गरिएको छ  ।

यस्तो छ बाँडफांड मोडल ।



आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ। 

आईपिओ बाँडफाँडको नतिजा बिजपाटी डटकममा केही बेरमा प्रकाशित हुनेछ। बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा अपर तामाकोशी छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । त्यहाँ तपाईको नाम र परेको कित्ता देखाऊछ भने आवेदन रद्द भएको भए  Sorry, You have not been alloted on Following Details भनेर देखाउछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved