मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2018 | 08:05:17 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको सिमित आईपिओमा आवेदन दिने आज मंसिर १४ गते अन्तिम  दिन रहेको छ  । कम्पनीले  कात्तिक २८ देखि संचयकोषका संचयकर्ताहरुका लागि १ अर्ब १७ करोड बराबरको १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  

कम्पनीको आईपिओमा बिहिबार बिहान  १०:४० बजेसम्ममा ८९ हजार १ सय ३३ आवेदकले  २ करोड ५२ लाख ३३ हजार ६ सय ७० कित्ताको लागि आवेदन गरेका छन्। यो संख्या माग गरिएको भन्दा दोब्बर बढी हो ।  यो आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मात्र दिन सक्ने छन् । संचयकर्ताहरु साढे ५ लाखको संख्यामा भए पनि हालसम्म ९० हजार भन्दा कमले आवेदन दिएका छन् । यस हिसाबमा हेर्दा न्यून संचयकर्ताले मात्र आवेदन दिएका छन् ।  आज अन्तिम भएको र अन्तिम समयमा आवेदन दिने बानीको कारण अझै धेरै संचयकर्ताले आवेदन दिने अनुमान बिक्रि प्रबन्धकको छ । 

कम्पनीले मंसिर १९ गतेदेखि २६ गतेसम्म दोस्रो चरणको शेयर निष्काशन गर्ने छ । यस चरणमा संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् । संस्थापक शेयरधनी संस्थामा (चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रा.लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि.)का कर्मचारीहरु पर्ने छन् । संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता शेयर र (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ ।  यसरी २ चरणमा गरेर कम्पनीले १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।  

कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

यो पनि : 

अर्को साता ३ वटा कम्पनीको ५० करोडको आईपिओ निष्काशन हुदै, कसको कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved