मध्य भोटेकोशीको २७ करोडको आईपिओ बुधबारदेखि, क-कसले भर्न पाउछ ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 04, 2018 | 12:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले मंसिर १९ गते बुधबार देखि दोस्रो चरणको आईपिओ निष्काशन गर्दै छ । कम्पनीले दोस्रो चरणमा २७ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

यस चरणमा संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु र कर्मचारी संचय कोषका कर्मचारीले मात्र आवेदन दिन पाउने छन् ।  संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुमा चिलिमे जलविद्युत कम्पनी, नेपाल बिद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडका कर्मचारी रहेका छन् । यस समुहको लागि कुल पुंजीको ३.५ प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर छुट्याइएको छ । यस समुहका लगानीकर्ताले न्यूनतंम ५० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिन पाउने छन् ।

त्यस्तै कर्मचारी संचयकोषका कर्मचारीको लागि कुल पुंजीको १ प्रतिशतले हुन् आउने ६ लाख कित्ता शेयर छुट्याइएको छ  । यस समुहका लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १२०० कित्ताको लागि आवेदन दिन सक्ने छन्  ।

यस दोस्रो चरणको आईपिओमा लगानीकर्ताले मङ्सिर २६ गतेसम्म आवेदन दिन सक्ने छन्  । सम्पूर्ण सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने ब्यबस्था छ  । अनलाइन बाट भने आवेदन दिन पाइने छैन  । 

यदि तपाई पनि उल्लेखित वर्गमा पर्नु हुन्छ भने तपाईले  निम्न कुरा ध्यानमा राख्न उचित हुनेछ । 


 डिम्याट नम्बर 

यस आईपीओमा आवेदन दिन डिम्याट नम्बर अनिवार्य गरिएको छ । यदि डिम्याट नम्बर छैन भने आफुलाई पायक पर्ने डिपीबाट तत्काल नै डिम्याट खोल्नु होला अन्यथा तपाईले यस आईपिओमा आवेदन दिन पाउनु हुन्न । 

 सिआरएन नम्बर 

यस आईपिओमा आवेदकले सी -आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सी -आस्वा प्रणालीबाट आवेदन दिनको लागि सी -आस्वा रजिस्ट्रेसन नम्बर अर्थात सिआरएन नम्बर अनिवार्य हुन्छ। यदि तपाईसंग सिआरएन नम्बर छैन भने आईपिओ भर्दा जुन बैंकको खाता प्रयोग गर्ने हो त्यहि बैंकमा गएर सिआरएन नम्बर लिनु होला  । यो आईपिओमा अनलाइन मार्फत आवेदन दिन मिल्दैन । यसर्थ हरेकले माथि उल्लेखित कागजात र प्रक्रिया पुर्याएर आफु स्वयं नै बैंकमा आईपिओ भर्नको लागि उपस्थित हुनु पर्ने छ ।

खाता सक्रिय

यदि तपाईले आफ्नो बैंक खाता ६ महिनाभन्दा बढी समयसम्म प्रयोग गर्नु भएको छैन भने तपाइको खाता निष्क्रिय भएको हुन्छ । यसलाई बंकिंग भाषामा 'डोरमेन्ट एकाउन्ट' अर्थात निष्क्रिय भनिन्छ । यदि तपाईले पनि ६ महिना भन्दा बढी समयसम्म खाता प्रयोग गर्नु भएको छैन भने तपाइको खाता निष्क्रिय नै हुन्छ । आईपिओ भर्न खातालाई सक्रिय बनाउनु पर्ने हुन्छ । त्यसको लागि सम्बन्धित बैंकबाट आफै उपस्थिति भ्याएर एकाउन्ट एक्टिभेशन फारम भरी बुझाउनु पर्ने हुन्छ । यदि तपाईले केवाईसी नभरेको भए आईपिओ भर्नु अगाडी त्यो पनि भर्नु पर्ने हुन् सक्छ ।

चेक प्रतिबन्ध 

आईपिओ भर्दा आवश्यक पर्ने रकमको लागि चेकको जोहो गर्नु भएको छ भने त्यसलाई साटेर उक्त रकम खाता मै डिपोजिट गर्नु होला ।  चेक मार्फत आईपिओमा आवेदन दिन पाइने छैन ।

खातामा पर्याप्त रकम 

यी बाहेक आवेदन दिनु अगाडी खातामा पर्याप्त रकम छ कि छैन भनेर चेक गर्नु पर्छ । यदि खातामा पर्याप्त रकम नभए तपाइको आवेदन रद्द हुन्छ ।

आवश्यक काजगात 

आवेदन दिंदा संस्थाले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्ने छ । साथै अवकाश प्राप्त कर्मचारीको हकमा संस्थाले प्रदान गरेको अवकाश पत्र वा सिफारिस पत्रको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्ने छ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन र बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल रहेका छन्।

१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा रहेको छ । 


यो पनि : 

संचयकर्ताले रुचाएनन मध्य भोटेकोशीको आईपिओ, तामाकोशीको 'ह्यांङओभर' कि बजारको डर ?


'भोटेकोशी लगानीयोग्य कम्पनी हो, ढुक्क भएर आईपिओ भर्नुस' सीईओ काफ्लेसँगको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved