बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




मोहम्मद अज्मत अलि     Dec 05, 2018 | 07:57:52 AM



आज बुधबारबाट २  वटा कम्पनीले गरी ३३ करोड बराबरको आईपिओ बिक्रि खुला गरेका छन । शेयर निष्काशन गर्ने २ कम्पनी मध्ये १ हाइड्रो र १ लघुवित्त रहेको छ ।


चौतारी लघुवित्तको ६ लाख कित्ता 

चौतारी लघुवित्तले आज मंसिर १९ गते बुधबार देखी आईपिओ  बिक्रि खुला गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो  । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा तीन हजार कित्तासम्म आवेदन गर्न पाईनेछ । तर ५० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन 

लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधि पर्याप्त आवेदन नपरेको खण्डमा पुस १९ गतेसम्म आवेदन दिन सकिने छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । 

चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो।  

'चौतारीले यहि बर्षको कमाईबाट लाभांश दिन्छ, ढुक्क भएर आइपीओ भर्नुस' डीसीईओ जोशीको अन्तर्वार्ता


मध्य भोटेकोशी जलविद्युत कम्पनीको २७ लाख कित्ता 

 मध्य भोटेकोशीले कम्पनीको शेयरमा लगानी गर्ने संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्चारीहरुको लागि मंगसिर १९ गतेदेखि २६ गतेसम्मको लागि शेयर निष्काशन गरेको छ  । कम्पनीले संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीहरूलाई ६ लाख कित्ता शेयर छुट्याएको  छ ।   

संस्थापक शेयरधनी संस्थामा (चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रा.लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि.)का कर्मचारीहरु पर्ने छन् । संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

यस अघि  कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको थियो   

यस पछि कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ ।

यो पनि :

मध्य भोटेकोशीको २७ करोडको आईपिओ बुधबारदेखि, आवेदन दिंदा यी कुरामा दिनुस ध्यान ?

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7