जोशी हाइड्रोको आईपीओ सबै आवेदकलाई २० कित्ता !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 05:58:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपिओमा २.८१ गुणा बढीको आवेदन परेको छ ।  कम्पनीले मंगसिर १६ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । आईपिओमा आज अन्तिम दिनसम्ममा ८२ हजार आवेदकबाट ६० लाख कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ ।  डाटा भेरिफाई हुने क्रममै रहेको र सो डाटा केहि घटबढ हुन् सक्ने क्यापिटलले जनाएको छ ।  

 स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ । यस हिसाबमा सबै आवेदकले २० कित्ता शेयर पाउने आंकलन गरिएको छ । यद्यपि बिक्रि प्रबन्धकले उपलब्ध गराएको डाटा अन्तिम नभएकोले यो आंकलन केहि फरक पर्न सक्ने छ ।  यद्यपि न्युनतम १० कित्ता भने सबै आवेदकले पाउने निश्चित छ । 

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रहेको छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved