चौतारी लघुवित्तको आईपिओ बाँडफांड शुक्रबार, यस्तो छ शेयर पर्ने सम्भावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 05:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्त   Chautari Laghu Bitta Bittiya Sanstha Ltd    ले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफांड हुने भएको छ ।  बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले शुक्रबार आईपिओ बाँडफांड गर्ने जानकारी दिएको हो ।  आईपिओमा ३१ गुणा बढीको आवेदन परेको छ । आईपिओमा २ लाख ७७ हजार ६  सय ८८ आवेदकबाट १ करोड ७५ लाख ३ सय कित्ताको लागि आवेदन परेको हो ।  

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

 कुल योग्य आवेदन मध्ये गोलाप्रथाबाट ५६ हजार ७० जनाले १० कित्ता शेयर पाउने छन् । बाँकि आवेदक भने हात खाली हुनेछन् ।

 लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved