मध्य भोटेकोशीको आईपिओमा कति पर्यो आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 06:09:48 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनी  Madhya Bhotekohi Jalavidhyut Company Limited   ले निष्काशन गरेको सिमित आईपिओमा ५२ करोड बढीको आवेदन परेको छ ।   कम्पनीले मंसिर १९ गते बुधबार देखि दोस्रो चरण अन्तर्गत संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु र कर्मचारी संचय कोषका कर्मचारीको लागि २७ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । 

संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुमा चिलिमे जलविद्युत कम्पनी, नेपाल बिद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडका कर्मचारीले आवेदन दिएका थिए । यस समुहको लागि कुल पुंजीको ३.५ प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर छुट्याइएको थियो । यस समुहमा ८ हजार ४ सय २८ आवेदकबाट ३८ लाख ८७ हजार ४ सय ९० कित्ताको लागि आवेदन परेको छ  ।  

त्यस्तै कर्मचारी संचयकोषका कर्मचारीको लागि कुल पुंजीको १ प्रतिशतले हुन् आउने ६ लाख कित्ता शेयर निष्काशन भएको थियो  । यसमा कुल ६ सय १० आवेदकबाट ६ लाख ४१ हजार ९ सय ५० कित्ताको लागि माग भएको छ । सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आज राती १२ बजेसम्म सिस्टमा डाटा इन्टर गर्न सकने भएकोले यो संख्या केहि बढ्ने क्यापिटलले जनाएको छ । 

यो आईपिओ र यस अघि संचयकर्तालाई निष्काशन गरिएको आईपिओ एकैपटक बाँडफांड हुने बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ  ।


यो पनि : 

संचयकर्ताले रुचाएनन मध्य भोटेकोशीको आईपिओ, तामाकोशीको 'ह्यांङओभर' कि बजारको डर ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved