२ वटा लघुवित्तको आईपिओ प्रस्ताव परिमार्जन, अब १ लाख कित्ता बढी शेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 09:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा लघुवित्तको आईपिओ प्रस्ताव परिमार्जन भएको छ । आशा लघुवित्त र स्पर्श लघुवित्तले आईपिओ प्रस्ताव परिमार्जन गर्दै पुन शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति दिएका हुन्  । 

आशा लघुवित्तले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको थियो । तर गत भदौमा कम्पनीले ६ करोड कित्ता शेयर निष्काशन गर्ने गरी बोर्डमा प्रस्ताव पठाएको थियो । अब फेरी लघुवित्तले पुंजी वृद्धि योजनामा परिमार्जन गर्दै ७४ हजार कित्ता शेयर थपेर ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले कार्तिक ३० गते पछिल्लो विवरण बोर्डमा बुझाएको हो । 

 आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ  । राष्ट्रिय स्तरको यस कम्पनीको केन्द्रीय  कार्यालय नुवाकोटमा रहेको छ ।

त्यस्तै स्पर्श लघुवित्तले पनि आफ्नी पुंजी वृद्धि योजना परिवर्तन गर्दै पहिले भन्दा बढी कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको छ । कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर अब कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको हो ।   कम्पनीले गत आइतबार कित्ता थप गरी पुन दोस्रो पटक शेयर निष्काशनको अनुमति मागेको हो ।  कम्पनीको शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  

  हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved