चौतारी लघुवित्तको आईपिओ बाँडफांड, ४ सय ७५ जनाको आवेदन रद्द, २ लाख १७ हजार रित्तो हात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 14, 2018 | 12:00:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्त  Chautari Laghu Bitta Bittiya Sanstha Ltd    ले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफांड भएको हो । 

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणको लागि निष्काशन भएको थियो  । 

आईपिओमा कुल २ लाख ७३ हजार १ सय ९२ जनाले आवेदन दिएकोमा ४७५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  । शेयर पाउन योग्य २ लाख ७२ हजार ७ सय १७ आवेदक मध्ये गोलाप्रथाबाट ५६ हजार ७० जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।  यस हिसाबमा रद्द भएका आवेदक सहित २ लाख १७ हजार १ सय २२ जना हात खाली भएका छन् ।   

यस्तो छ बाँडफांड मोडल । 



आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकाशित हुने छ  ।

 लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved