लिवर्टी इनर्जीले ३७ करोडको आईपिओ जारि गर्ने, बिक्रि प्रबन्धकमा एनआईबिएल एस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2018 | 04:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

लिवर्टी इनर्जी कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  जस मध्ये कम्पनीले १५ लाख कित्ता शेयर आयोजना  प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई र बाँकि २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी छुट्याएको छ ।

कम्पनीले शेयर निष्काशनको लागि एनआईविएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  उक्त सम्झौतामा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन ।  

कम्पनीले लमजुङमा २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आईपिओ निष्काशन तथा बाँडफांड पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व ५० करोड हुनेछ ।   

आयोजना बारे : 

कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविक फलेनी र ढोडेनी गा.वि.स) मा अवस्थित छ । आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा  पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावरहाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु साईट सम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करीब ८५% सम्पन्न भई सकेको छ साथै आगामी चैत्र मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

उक्त आयोजनाको लागि इलेक्ट्रोमेकानिकल उपकरणहरु विश्वसनीय युरोपियन उपकरण निर्माता कम्पनी Andritz Hydro Pvt. Ltd बाट खरिद गरिएको छ । र यस आयोजनाबाट उत्पादित विद्युत करिब १०० मिटरको दुरीमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको किर्तिपुर स्थित सव–स्टेशनमा जोडिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved