मोहम्मद अज्मत अलि     Dec 19, 2018 | 07:30:42 PM



मध्य भोटेकोशी जलविद्युत कम्पनी Madhya Bhotekohi Jalavidhyut Company Limited   ले निष्काशन गरेको आईपिओ    बाँडफांड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार दिउँसो धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड गरेको हो । 

कम्पनीले कार्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म संचयकर्ताको लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा संचय कोषका कमर्चारीको लागि शेयर निष्काशन गरेको थियो ।

कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो । यसमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न सक्ने ब्यबस्था थियो । यसमा २२ जनाको आवेदन रद्द भएको र  १ लाख ३९ हजार ७ सय ७८ जना योग्य आवेदकले शेयर पाएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ  । 

क्यापिटलका अनुसार ९० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । जसमा ५० कित्ताको लागि आवेदन दिने २१ हजार ४ सय १५ जना, ६० कित्ताको लागि आवेदन दिने १२ सय १६ जना, ७० कित्ताको लागि आवेदन दिने १२ सय ६३ जना, ८० कित्ताको लागि आवेदन दिने ७ सय ११ जना र ९० कित्ताको लागि आवेदन डोने २ सय ६१ जनाले माग अनुसार कै शेयर पाएका छन् ।  १०० देखि ५०० कित्ता सम्मको लागि आवेदन दिने १ लाख १४ हजार ९ सय १२ जनाले पनि ९० कित्ता शेयर नै पाएका छन्  ।  यी  १ लाख १४ हजार ९ सय १२ जना मध्येबाट गोलाप्रथा मार्फत ४ हजार ५ सय ४३ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा संचयकर्ताले अधिकतम १०० कित्ता शेयर पाएका छन् ।  

यस्तो छ संचयकर्ताहरुको बाँडफांड मोडल 




  

नतिजा बिजपाटी डटकममा 

आइपीओको नतिजा बिजपाटी डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। बिजपाटीलाई नतिजा प्राप्त भएपछि त्यहाँ तपाईले 'मध्य भोटेकोशी जलविद्युत कम्पनी' भन्ने शिर्षक देख्नु हुनेछ । यदि तपाई संचयकर्ता हो भने तपाईले Madhya Bhotekoshi Jalavidhyut Company Limited (EPF Depositors) मा क्लिक गर्नु होला  ।  त्यसपछि आफ्नो नाम मात्र राखेर नतिजा हेर्न सक्नुहुन्छ।  नाम राखेर क्लिक गर्दा तपाईले आवेदन दिएको र तपाईलाई परेको कित्ता देखाऊछ ।  


संचयकर्ताले रुचाएनन मध्य भोटेकोशीको आईपिओ, तामाकोशीको 'ह्यांङओभर' कि बजारको डर ?

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7