३ कम्पनीले मागे डेढ अर्बको आईपिओ निष्काशनको अनुमति, कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 07:58:21 PM मा प्रकाशित

laxmi  sunrise bank

३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  ३ वटा कम्पनीले गरी कुल १ अर्ब ६० करोड ७३ लाख १५ हजार बराबरको शेयर निष्काशनको अनुमति माग गरेका हुन् ।   ३ मध्ये २ हाइड्रोपावर कम्पनी र एक माइक्रोफाइनान्स रहेको छ ।  गणपति माइक्रोफाइनान्स, रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले शेयर निष्काशन अनुमति मागेका हुन् ।  

गणपति माइक्रोफाइनान्स  

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ५० हजार कित्ता आईपिओ निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले पुस २ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो  । शेयर निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ५० लाख हुनेछ । 

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय  दुलेगौढा, तनहुँमा रहेको छ ।  हाल कम्पनीको २० वटा शाखा रहेका छन् ।  


रसुवागढी हाइड्रो

रसुवागढी हाइड्रोले सर्बसाधारणको लागि १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। कम्पनीले मंगसिर २७ गते बोर्डमा आवेदन दिएको हो  । कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ  । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई भन्दा सर्वसाधारणलाई शेयर निष्काशनको अनुमति माग गरेको हो  । कम्पनीले सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य लिएको छ  ।  

सान्जेन जलविद्युत 

सान्जेंनले सर्बसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो  । कम्पनीको बिक्रि प्रबन्धक नागरिक लगानी कोष रहेको छ  ।  सान्जेन जलबिद्युत कम्पनी चिलिमे जलबिद्युत कम्पनीको सहायक कम्पनी हो ।सान्जेनले ४२.५ मेगावाट क्षमताको सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र १४.८ मेगावाटको अपर सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट गरि दुई वटा योजना बिकास गर्दै छ ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved