मोहम्मद अज्मत अलि     Dec 21, 2018 | 10:47:46 AM



 युनिभर्सल पावर कम्पनी लिमिटेडले पुस १५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि २१ लाख ३५० कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस चरणमा दोलाखा जिल्लाका गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, र बिगु गाउँपालिकाक स्थानीयले आवेदन दिन सक्ने छन् । 

स्थानीयहरुले पुस २९ गतेसम्म आवेदन दिन सक्ने छन्   । आवेदनले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  । 



स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता निष्काशन गर्ने छ ।  

 कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7