गुराँस लघुवित्तले आईपिओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 03:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  १०० रुपैयाँका दरले २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै बिहिबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  

शेयर निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।

आइपीओ जारिगरेपश्चात लघुवित्तको चुक्तापुंजी ७ करोड ७५ लाख पुग्नेछ। लघुवित्तको अधिकृत पुंजी १० करोड र जारि चुक्तापुंजी ७ करोड ७५ लाख छ। 

लघुवित्त कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको हो। २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो।

धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्ला भित्र २२ वटा शाखा कार्यालय मार्फत् करिव ११,००० विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्ध गरी करिव ७ करोड बचत संकलन तथा करिव करोड कर्जा प्रवाह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved