शिव श्री हाइड्रोले पायो आईपीओ निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 05:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

शिव श्री हाइड्रोपावरले आइपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई आयोजना प्रभावित स्थानीयलाई शेयर  निष्काशनको अनुमति दिएको हो  ।

अब कम्पनीले स्थानीयको लागि  १४ लाख ७६ हजार ४०० कित्ता शेयर निष्काशन गर्ने छ  । कम्पनीले शेयर निष्काशनको लागि  सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

 आयोजना प्रभावितलाई शेयर जारी गरेपछि कम्पनीले सर्वसाधारण र कर्मचारीलाई २० लाख २३ हजार ६०० कित्ता शेयर  निष्काशन गर्नेछ ।

 कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आइपिओले इक्रा नेपालबाट ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको वित्तयि अवस्था औषत रहेको जनाउछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved