पाँचथर पावरले पायो १९ करोडको आईपिओ निष्काशन अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 02:09:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ  । कम्पनीले  १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ निष्कासनको अनुमाति माग गरेको हो । 

जस मध्ये ९ लाख ६२ हजार ५ सय कित्ता  आयोजना प्रभावित स्थानीयलाई र बाँकि  ९ लाख ६२ हजार ५ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ  । हाल कम्पनीको  चुक्तापूँजी ७६ करोड रुपैयाँ रहेकोमा आइपिओ जारी गरेपछि कम्पनीको पूँजी  ९५  करोड पुग्नेछ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ  । 

कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved