मोहम्मद अज्मत अलि     Dec 31, 2018 | 11:01:45 PM



सान्जेन जलविद्युत कम्पनीले सनराइज क्यापिटललाई शेयर रजिस्ट्रार नियुक्त गरेको छ । नियुक्ति सम्बन्धि सम्झौतामा सान्जेनका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ तथा क्यापिटलका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन । 

सम्झौता अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेजी, नामसारि, धितोबन्धक, डिम्याट लगायत सेयरधनीको लगत अद्यावधिक लगायतका सबै कार्यहरु सनराइज क्यापिटलले गर्ने छ । 

कम्पनीले सर्बसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ। कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो  । कम्पनीको बिक्रि प्रबन्धक नागरिक लगानी कोष रहेको छ  ।  सान्जेन जलबिद्युत कम्पनी चिलिमे जलबिद्युत कम्पनीको सहायक कम्पनी हो । सान्जेनले ४२.५ मेगावाट क्षमताको सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र १४.८ मेगावाटको अपर सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट गरि दुई वटा योजना बिकास गर्दै छ ।


Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7