घलेम्दी हाइड्रोको आईपिओ बिक्रि खुला, कस्तो छ कम्पनीको अवस्था ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 08:14:03 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोले आज पुस १९ गते बिहिबारदेखि आईपिओ बिक्रि खुला गरेको छ  । कम्पनीले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।   

यस अघि कम्पनीले असार २२ गतेदेखि म्याग्दीको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । तर स्थानीयले केवल ९४ हजार ७ सय ८० कित्ताको लागि आवेदन दिएका थिए। कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । तर लगानी कोष इच्छा नदेख्यैपछि सो समेत गरी कुल १५ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले छिटोमा पुस २३ र ढिलोमा माघ १८ गतेसम्म आएव्दन दिन सक्ने छन् । आवेदन दिदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने बिकी प्रबन्धक भिभोर क्यापिटलले जनाएको छ   ।  तर ५० कित्ताभन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन  ।  

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ । शेयर निष्काशनको लागि कम्पनीले भिबोर क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  ।  

कम्पनीको बारेमा थाहा पाउन यहाँ क्लिक गर्नु होला ।  

यो पनि : 

'२ महिना मै बिजुली बेच्छौ, आईपिओमा लगानी सुरक्षित छ' घलेम्दी हाइड्रोका अध्यक्षको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved