पाँचथर पावरले पुस ३० गतेदेखि आईपिओ निष्काशन गर्ने, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 11:42:33 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले पुस ३० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभाववित स्थानीयहरुको लागि ९ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने लागेको हो ।  यस आईपिओमा पांचथर जिल्लाका साविकका भारपा , यांगनाम, नागिन गाविस र हालका फिफिम नगरपालिका, हिलिहांग गाउँ पालिका र फालेलुंग गाउँपालिकाका स्थानियले आवेदन दिन सक्ने छन्  । 

लगानीकर्ताले न्यूनतंम १० कित्ता र अधिकतम ९ हजार ६ सय २० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्  । आईपिओमा छिटोमा माघ १४ र ढिलोमा माघ २९ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ  । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  । 




स्थानीयलाई शेयर निष्काशनपछि कम्पनीले सर्वसाधारणलाई ९ लाख ६२ हजार ५ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ  । हाल कम्पनीको  चुक्तापूँजी ७६ करोड रुपैयाँ रहेकोमा आइपिओ जारी गरेपछि कम्पनीको पूँजी  ९५  करोड पुग्नेछ ।  

कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved