इस्टर्न हाइड्रोको ९८ प्रतिशत काम सकियो, माघमा आईपिओ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 08:36:05 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्टर्न हाइड्रोपावरले माघ महिनामा अईपियो निष्काशन गर्ने बताएको छ । हाइड्रोपावरका आयोजना अधिकृत दीपेन राईले आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रहरुको लागि ६ करोड २० लाख बराबरको सेयर आगामी माघबाट खुल्ने बताएका हुन्  ।  शेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट विद्युत् क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।   विविध प्राविधिक कारणबस झन्डै साढे ५ वर्ष रोकिएको आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको र आगामी फागुनबाट विद्युत् बिक्रि गर्ने आयोजनाले बताएको छ  ।

 ०६२ मा तत्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणस“ग ४५ करोडको लगानीमा २ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौताअनुरूप आयोजनाको सर्भे गरिएको थियो। ०६७ बाट आयोजनाको निर्माण सुरु गरिए पनि सडक, विद्युत् प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्प, विविध राजनीतिक गतिरोधका कारण निर्माण ठप्पजस्तै भएको थियो। पछि ०७२ अन्त्यतिर आयोजनाको विद्युत् क्षमता बढाएर ५ मेगावाट पु¥याइएपछि निर्माणको कामले तीव्रता पाएको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved