घलेम्दीको आईपिओमा अधिकांशलाई ३० कित्ता शेयर, कति पर्यो आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 08, 2019 | 11:52:03 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोले निष्काशन गरेको आईपिओ सबैले आवेदकले पाउने भएका छन् ।  कम्पनीले  पुस १९ गते बिहिबारदेखि  १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

बिक्रि प्रबन्धक भिबोर क्यापिटलका अनुसार आईपिओमा ५५ हजार ८ सय ४३ जनाले ४१ लाख २२ हजार ४ सय ६० कित्ताको लागि आवेदन दिएका छन्  । अझै ३०० आवेदन भेरिफाई हुने क्रममा रहेकोले यो संख्या अझै बढ्ने सक्ने क्यापिटलले जनाएको छ  । ति सबै आवेदन भेरिफाई भएमा कुल आवेदक संख्या ५६ हजार १ सय ४३ हुन् आउंछ  । सबै आवेदन भेरीफाई भएको खण्डमा सबै आवेदकले न्युनतम २० कित्ता शेयर पाउने देखिन्छ  । त्यस्तै कुल आवेदक मध्येबाट ४१ हजार ९१ जनाले थप १० कित्ता शेयर पाउने प्रारम्भिक अनुमान गरिएको छ  । यस अनुसार १५ हजार बाहेक सबै आवेदकले ३० कित्ता शेयर पाउने छन् भने ति १५ हजारले भने २० कित्ता मात्र शेयर पाउने छन्  । 

आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो आंकलन केहि तल माथि पर्न सक्ने छन्  । यद्यपि लगानीकर्ताले ३० वा २० कित्ता शेयर पाउने भने पक्का छ  । 

कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । तर लगानी कोष इच्छा नदेखाएपछि सो समेत गरी कुल १५ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved