शुभम पावरको आईपिओले पायो 'ग्रेड ५' को रेटिङ, शेयर निष्काशन गर्न पाउँछ कि पाउदैन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 04:51:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न लागेको शुभम पावरले सबै भन्दा कम्जोर रेटिङ पाएको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपिओले  ‘इक्राएनपि आइपिओ ग्रेड ५’ को रेटिङ पाएको हो  । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहको जनाउँछ । 

मंगलबार धितोपत्र बोर्डले सबै भन्दा कम्जोर रेटिङ पाउने कम्पनीलाई आईपिओ निष्काशन गर्न नपाउने गरी निर्देशिका संशोधन गरेको छ । यस संगै कम्पनीले आईपिओ जारी गर्न पाउने वा नपाउने भन्ने बारे चर्चा सुरु भएको छ । तर नेपाल धितोपत्रले बोर्डले भने यस अघि स्थानीयलाई शेयर निष्काशन गरी सकेका कम्पनीलाई यस नियमले बाधा नपर्ने स्पष्ट पारेको छ । अर्थात् कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गरिसकेकोले ग्रेड ५ रेटिंग पाएपनि सर्वसाधारणलाई शेयर निष्काशन गर्न पाउने छ । 

कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

कम्पनीले गत जेठ २० देखि असार २४ गतेसम्म संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि २ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । तर स्थानीय बासिन्दाले जम्मा १९ हजार ४२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । अब बोर्डबाट अनुमति पाएपछि कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ८० हजार ५८० कित्तासमेत थपेर सर्वसाधारणलाई ५ लाख ८० हजार ५८० कित्ता आइपीओ निष्काशन गर्ने छ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा सीबीआईएल क्यापिटलाई नियुक्त गरिसकेको छ । 

यो पनि : 

समितिको सुझाव अनुसार बोर्डद्वारा निर्देशिका संशोधन, आईपिओ एफपिओ निष्काशनमा नयाँ ब्यबस्था



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved