घलेम्दी हाइड्रोको आईपिओ बाँडफांड मिति तय, ४३ हजार ३ सयलाई ३० कित्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 13, 2019 | 03:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोले निष्काशन गरेको आईपिओ मंगलबार बाँडफांड हुने भएको छ  । बिक्रि प्रबन्धक भिबोर क्यापिटलले मंगलबार बिहान ११ बजे शेयर बाँडफांड गरिने जानकारी दिएको हो  । 

कम्पनीले  पुस १९ गते बिहिबारदेखि  १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । तर लगानी कोष इच्छा नदेखाएपछि सो समेत गरी कुल १५ लाख ३३ हजार ७ सय ७० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो । 

आईपिओमा आवेदन दिएका मध्ये ५४ हजार ६ सय ९२ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ  । यस हिसाबमा सबै आवेदकले शेयर पाउने पक्का छ  । पहिले सबै आवेदकलाई २० कित्ताको दरले शेयर बाँडफांड हुने देखिन्छ  । सबै आवेदकलाई २० कित्ता शेयर बाँडफांड गरेपछि बाँकि रहेको ४ लाख ३९ हजार ९ सय ३० कित्ता शेयर गोलाप्रथाबाट कुल आवेदक मध्ये ४३ हजार ९ सय ९३ आवेदकलाई बाडफाड हुने छ  । यस हिसाबमा ४३ हजार ९ सय ९३ जनाले ३० कित्ता शेयर र १० हजार ६ सय ९९ आवेदकले २० कित्ता शेयर पाउने आंकलन गरिएको छ ।  

कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved