आशा लघुवित्तले पायो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2019 | 07:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्तले आईपिओ निष्काशनको अनुमति पाएको छ  । धितोपत्र बोर्डले कम्पनीलाई पुस २९ गते शेयर निष्काशनको अनुमति दिएको हो  । कम्पनीले ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको थियो । तर गत भदौमा कम्पनीले ६ करोड कित्ता शेयर निष्काशन गर्ने गरी बोर्डमा प्रस्ताव पठाएको थियो । पछि फेरी लघुवित्तले पुंजी वृद्धि योजनामा परिमार्जन गर्दै ७४ हजार कित्ता शेयर थपेर ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले कार्तिक ३० गते पछिल्लो विवरण बोर्डमा बुझाएको थियो । 

 आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ  । राष्ट्रिय स्तरको यस कम्पनीको केन्द्रीय  कार्यालय नुवाकोटमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved