घलेम्दीको आईपिओ तपाईलाई २० कित्ता पर्यो कि ३० ? यसरि हेर्नुहोस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 12:12:45 PM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो लिमिटेडले सर्वसाधारणलाई बिक्रि खुला गरेको साधारण सेयर (आइपीओ) आज (माघ १) बाँडफाँड भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक भिबोर क्यापिटलको कार्यालयमा मंगलबार बिहान ११ बजे भएको आइपीओ बाँडफाँडमा योग्य आवेदक सबैले घलेम्दीको सेयर पाएका छन। 

आइपीओ बाँडफाँड अनुसार ४३ हजार ९ सय ९३ जनाले ३० कित्ता शेयर र १० हजार ६ सय ९९ आवेदकले २० कित्ता शेयर पाएका छन्  । सबै आवेदकलाई २० कित्ता शेयर बाँडफांड गरेपछि बाँकि रहेको कित्ता गोलाप्रथाबाट बाँडिएको हो। कुल आवेदक मध्ये ५४ हजार ६ सय ९२ जनाको आवेदन सदर भएको छ भने २६ जनाको आबेदन रद्द भएको छ।  

सर्वसाधारणलाई १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर बिक्रि खुला  गरेको थियो । कम्पनीले स्थानीयले खरिद नगरेका ४ लाख ५५ हजार २ सय २० कित्ता शेयर समेत थपेर १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र ५५ हजार कित्ता कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । तर लगानी कोष इच्छा नदेखाएपछि सो समेत गरी कुल १५ लाख ३३ हजार ७ सय ७० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो । 

कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ  । 

नतिजा बिजपाटी डटकममा 

आइपीओ बाँडफांड पश्चात नतिजा बिजपाटी डटकममा प्रकाशित भएको छ । 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर नतिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ 'घलेम्दी हाइड्रोपावर कम्पनी' भन्ने शिर्षक देख्नु हुन्छ। आफुलाई चाहिने शिर्षक छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।   

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ ।  


घलेम्दी हाइड्रोको आइपीओ बाँडफाँड, २६ आबेदन रद्द हुँदा कसलाई कति ? 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved