युनिभर्सल पावरको आईपिओ भर्ने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 08:43:39 AM मा प्रकाशित

laxmi  sunrise bank

 युनिभर्सल पावर कम्पनी लिमिटेडको आईपिओ भर्ने म्याद दोस्रो पटक थप भएको छ । पर्याप्त आवेदन नपरेपछि दोस्रो पटक म्याद थप गरिएको कम्पनीले जनाएको छ  ।  कम्पनीले  पुस १५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि २१ लाख ३५० कित्ता शेयर निष्काशन गरेको हो । यस चरणमा दोलाखा जिल्लाका गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, र बिगु गाउँपालिकाक स्थानीयले आवेदन दिन सक्ने छन् । 

यसअघि स्थानीयहरुले पुस २९ गतेसम्म सयम रहेकोमा एक सातााको लागि समय बढाइएको थियो। अब पुन एक साता बढाएर आवेदन दिन सकिने अवधि माघ १३ गतेसम्म कायम गरिएको छ । आवेदकले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  । 



स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता निष्काशन गर्ने छ ।   कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved