युनिभर्सल पावरको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 10:47:41 AM मा प्रकाशित

laxmi  sunrise bank

 युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिन आज माघ १३ अन्तिम दिन रहेको छ । कम्पनीले  पुस १५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि २१ लाख ३५० कित्ता शेयर निष्काशन गरेको हो । यसअघि स्थानीयहरुले पुस २९ गतेसम्म सयम रहेकोमा दुई पटकसम्म एक सातााको लागि समय बढाइएको थियो।   यस चरणमा दोलाखा जिल्लाका गौरीशंकर गाउँपालिका, कालिन्चोक गाउँपालिका, र बिगु गाउँपालिकाक स्थानीयले आवेदन दिन सक्ने छन् । 

 आवेदकले न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन्  । 



स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता निष्काशन गर्ने छ ।   कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved