ग्रिन लाइफले माघ २२ देखि आईपिओ निष्काशन गर्ने, क-कसले पाउँछ भर्न ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 01:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रिन लाइफ इनर्जी लिमिटेडले माघ २२ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १८ करोड बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  । 

लगानीकर्ताले न्यूनतंम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि छिटोमा फागुन ७ र ढिलोमा फागुन २७ गतेसम्म मिति तोकिएको छ ।  

आवेदन दिनको लागि ग्रिन लाइफको आयोजना स्थलको कार्यालय, सेन्चुरी बैंकको सिंगटी र चरिकोट शाखा, र प्राइम कमर्शियल बैंकको जिरी र बैतेश्वर शाखा केन्द्र तोकिएका छन् । 

कम्पनीले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारपुत पक्ष औसत भन्दा तल रहेको बुझाउछ । 




कम्पनीले दोलखा जिल्लाको साविकको मार्बु गाविसमा ४० मेगावाटको खानी खोला १ आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved