आशा लघुवित्तको आईपिओ खुल्यो, कति दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 08:27:58 AM मा प्रकाशित

laxmi  sunrise bank

 आशा लघुवित्तले आज माघ १८ गते शुक्रबार देखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ    धितोपत्र बोर्डले कम्पनीलाई पुस २९ गते शेयर निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार  कित्ता आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको थियो । तर गत भदौमा कम्पनीले ६ करोड कित्ता शेयर निष्काशन गर्ने गरी बोर्डमा प्रस्ताव पठाएको थियो । पछि फेरी लघुवित्तले पुंजी वृद्धि योजनामा परिमार्जन गर्दै ७४ हजार कित्ता शेयर थपेर ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको थियो  ।  

आईपिओमा लगानीकर्ताले छिटोमा माघ २२ गतेसम्म र ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्ने छन्  । लघुवित्तको शेयरमा अत्यधिक आवेदन पर्ने र गोलाप्रथाबाट आवेदकलाई १० कित्ता शेयर मात्र बाँडफांड हुने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन। आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर मार्फत अनलाइनबाट पनि आइपिओमा आवेदन दिन सकिने छ  ।  

कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ  ।  बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । 


 

कम्पनीको आइपिओलाई केयर रेटिंग नेपालले  ग्रेड ४ को रेटिंग दिएको छ । यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।  

 आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ  । राष्ट्रिय स्तरको यस कम्पनीको केन्द्रीय  कार्यालय नुवाकोटमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved