शिव श्री हाइड्रो आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 08:33:59 AM मा प्रकाशित

laxmi  sunrise bank

शिव श्री हाइड्रोपावरको भर्ने आज माघ १८ गते अन्तिम दिन रहेको छ  ।  कम्पनीले पहिलो चरणमा पुस २७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन्   ।

 स्थानीयले न्युनतम ५० कित्ता र अधितम ७ हजार ३ सय ८० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्   । यस अघि माघ ११ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा कम्पनीले ७ दिन म्याद थप गरी माघ १८ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको हो  ।  आईपिओको  शेयर निष्काशक तथा बिक्रि प्रबन्धक  सिद्धार्थ क्यापिटलले रहेको छ । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् । 


आयोजना प्रभावितलाई शेयर जारी गरेपछि कम्पनीले सर्वसाधारण र कर्मचारीलाई २० लाख २३ हजार ६०० कित्ता शेयर  निष्काशन गर्नेछ ।  कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आइपिओले इक्रा नेपालबाट ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको वित्तयि अवस्था औषत रहेको जनाउछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved