बिजपाटी सम्बाददाता     Feb 03, 2019 | 08:57:17 PM



आईपिओ निष्काशन गर्न लागेको जनसेवी लघुवित्तले ग्रेड ४ को रेटिंग पाएको छ  ।   इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो  ।  यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको बुझाउछ  ।   

कम्पनीले सर्वसाधारणको लागि ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो  ।  कम्पनीले यस अघि सर्वसाधारणको लागि ४ करोड २० लाख बराबरको  ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको थियो  । तर पछि कम्पनीले बाफिया अनुसार प्रस्ताव परिमार्जन गर्दै ४३ हजार ३ सय थप कित्ता शेयर निष्काशन गर्ने भएको हो  ।  अब  बोर्डबाट अनुमति पाएपछि कम्पनीले उक्त शेयर निष्काशन गर्ने छ  ।  

कम्पनीको आईपिओले यस अघि नै ४ को रेटिंग पाएको थियो । ४३ हजार ३ सय थप कित्ता शेयर निष्काशन हुनेभएपछि इक्राले पुन कम्पनीको रेटिंग गरेको हो ।  

शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।  

जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7