हिमालय उर्जाले १४ करोड ८५ लाखको आईपिओ बिक्रि गर्ने, बोर्डबाट पायो स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 06:29:05 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । अब कम्पनीले सर्वसाधारणलाई १४ करोड ८५ लाख बराबरको १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्ने छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २१ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो ।  शेयर निष्काशनको लागि  नबिल इन्भेस्टमेन्ट क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved