बिजपाटी सम्बाददाता     Feb 05, 2019 | 09:27:55 AM



ग्रिन लाइफ इनर्जी लिमिटेडले आज माघ २२ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई  १८ करोड बराबरको १८ लाख कित्ता शेयर निष्काशन गरेको हो  । 

लगानीकर्ताले न्यूनतंम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि छिटोमा फागुन ७ र ढिलोमा फागुन २७ गतेसम्म मिति तोकिएको छ ।  

आवेदन दिनको लागि ग्रिन लाइफको आयोजना स्थलको कार्यालय, सेन्चुरी बैंकको सिंगटी र चरिकोट शाखा, र प्राइम कमर्शियल बैंकको जिरी र बैतेश्वर शाखा केन्द्र तोकिएका छन् । 

कम्पनीले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारपुत पक्ष औसत भन्दा तल रहेको बुझाउछ । 

हेर्नुस क-कसले भर्न पाउछ ।



कम्पनीले दोलखा जिल्लाको साविकको मार्बु गाविसमा ४० मेगावाटको खानी खोला १ आयोजना निर्माण गरिरहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7