बिजपाटी सम्बाददाता     Feb 05, 2019 | 10:09:36 AM



युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावरले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको हो ।

शेयर निष्काशनको लागि कम्पनी र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको कार्य क्यापिटलले गर्ने छ  ।सम्झौता पत्रमा हाइड्रोपावरको तर्फबाट कार्यकारी सञ्चालक सुनिलनारायण श्रेष्ठ र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ  । आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भैसकेको छ । साथै यही आव भित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7