साढे २ लाख बढीले आशा लघुवित्तको आईपिओ नपाउने, कतिले भरे शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2019 | 07:48:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 आशा लघुवित्तले निष्काशन गरेको आईपिओमा १८ गुणा बढीको आवेदन परेको छ ।  आवेदन दिने आज अन्तिम दिन मंगलबारसम्म आईपुग्दा कम्पनीको आवेदनमा १८.८० गुणा बढी आवेदन परेको छ  । मंगलबार बेलुका ६ बजेसम्म आईपिओमा ३ लाख १३  हजार  ८ सय ६० आवेदकबाट १ करोड १८ लाख ४६ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको हो  । बैंकहरुले दिउँसो लिएको आवेदन राती १२ बजेसम्म सिस्टममा अपडेट गर्न सक्न भएकोले यो संख्या अझै बढ्न सक्ने छ ।  

कम्पनीले माघ १८ गते शुक्रबार देखि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो    धितोपत्र बोर्डले कम्पनीलाई पुस २९ गते शेयर निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार  कित्ता आईपिओ निष्काशन गरेको हो । कम्पनीले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको थियो । तर गत भदौमा कम्पनीले ६ करोड कित्ता शेयर निष्काशन गर्ने गरी बोर्डमा प्रस्ताव पठाएको थियो । पछि फेरी लघुवित्तले पुंजी वृद्धि योजनामा परिमार्जन गर्दै ७४ हजार कित्ता शेयर थपेर ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको थियो  ।  

कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ  ।  बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  । लघुवित्तको शेयरमा अत्यधिक आवेदन परेकोले गोलाप्रथाबाट आवेदकलाई १० कित्ता शेयर मात्र बाँडफांड हुने छ ।  यस हिसाबमा साढे २ लाख बढी आवेदक हात खाली हुने छन् ।   

 

 

कम्पनीको आइपिओलाई केयर रेटिंग नेपालले  ग्रेड ४ को रेटिंग दिएको छ । यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।  

 आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ  । राष्ट्रिय स्तरको यस कम्पनीको केन्द्रीय  कार्यालय नुवाकोटमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved