आशा लघुवित्तको आईपिओ शुक्रबार बाँडफांड, साढे २ लाख बढी आवेदक हात खाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2019 | 06:07:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 आशा लघुवित्तले निष्काशन गरेको आईपिओ भोली शुक्रबार बाँडफांड हुने भएको छ ।  बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपिओ शुक्रबार दिउँसो ३ बजे प्रभु क्यापिटल कै कार्यालय कमलादीमा बाँडफांड गरिन लागेको हो ।  

आइपिओमा १८.८० गुणा बढी आवेदन परेको छ  । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुका ६ बजेसम्म आईपिओमा ३ लाख १३  हजार  ८ सय ६० आवेदकबाट १ करोड १८ लाख ४६ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको हो  ।  यस मध्ये करिब ७ सय आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  

कम्पनीले ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको गरेको हो  ।  कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ  ।  बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  । लघुवित्तको शेयरमा अत्यधिक आवेदन परेकोले गोलाप्रथाबाट ६२ हजार ९ सय ९३ आवेदकलाई १० कित्ता शेयर मात्र बाँडफांड हुने छ ।  यस हिसाबमा साढे २ लाख बढी आवेदक हात खाली हुने छन् ।   

 

 हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ  । राष्ट्रिय स्तरको यस कम्पनीको केन्द्रीय  कार्यालय नुवाकोटमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved