अपरसोलु हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 12:50:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपिओ निष्काशन गरेको छ । कम्पनीले सर्बसाधारणको लागि ३३ करोड ७ लाख ५० हजार बराबरको  ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय र १९ लाख ५७ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारी र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका हुन्।  

कम्पनीले  सोलुखुम्बुमा २३.५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आगामी जेठमा आयोजना प्रभावित तथा एक बर्षपछिको फागुनसम्ममा सर्वसाधारणका लागि सेयर निकाष्शन गरिसक्ने लक्ष्य लिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved