युनिभर्सल पावरको आईपिओ भर्ने म्याद थप, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 06:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म ५७ करोड बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा सोमबार कार्यालय समय भित्र ६१ हजार २ सय ७ आवेदकबाट ५७ लाख ८७ हजार ५ सय ४० कित्ताको लागि आवेदन परेको हो । यो कुल निष्काशनको ६६ प्रतिशत हो । 

कम्पनीले यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा अवितरित १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि छिटोमा माघ २९ गतेसम्म तोकिएको थियो। आज माघ २६ सम्म पुरै शेयर बिक्रि भएको भए माघ २९ गते मंगलबार आवेदन दिने अन्तिम दिन हुने थियो । तर पुरै शेयर बिक्रि नभएकोले फागुन १ गते बुधबार पनि शेयर भर्न सकिने बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलका मर्चेन्ट  बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । मंगलबार सबै शेयर बिक्रि भए पनि बुधबार पनि आईपिओमा आवेदन दिन सकिने छ । पुरै शेयर बिक्रि नभएसम्म आवेदन दिन सकिने र पुरै शेयर बिक्रि भएको भोली पल्ट मात्र आवेदन दिने अन्तिम दिन कायम हुने उनले जानकारी दिए । कम्पनीले यस अघि नै ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । पुरै शेयर बिक्रि नभएको खण्डमा सो मितिसम्म शेयर निष्काशन खुला राख्न सकिने प्रावधान छ । त्यस मितिसम्म पनि पुरै शेयर बिक्रि नभएमा अन्डरराईटरहरु शेयर खरिद गर्नु पर्ने छ  ।

यो पनि: युनीभर्सल पावरको आइपीओ विश्लेषण: लाभांश अर्कोबर्षको कमाईबाट, यस्तो हुनेछ सुरुवाती सेयरमुल्य ? (रिपोर्ट )

  आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।    कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल रहेको देखाउछ ।  कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

कम्पनी र आयोजना बारे : 

दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन यस आयोजनाबाट ३३ करोड बिद्युत बिक्री गर्ने कम्पनीको लक्ष्य छ। यस कम्पनीको नेतृत्व गरेको कम्पनी  सीडिईबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  यो आयोजना भन्दा पहिले ३ वटा जलविद्युत आयोजना  निर्माण गरि सकेको छ । जसमा लमजुङ्ग बिद्युत विकास कम्पनीबाट  स्याङ्गे जलबिद्युत आयोजना १८३ कि.वा., राधी जलबिद्युत कम्पनी लिमिटेड बाट ४.४ मे.वा. को राधी जलबिद्युत आयोजना र बुटवल पावर कम्पनीसंग मिलेर खुदी ४ मे.वा. को आयोजना पर्दछन् । निजी क्षेत्रकै अति सस्तो लागत र छिटो सम्पन्न गरि लाभांस बाड्ने कम्पनीको रुपमा पनि राधी जलबिद्युत कम्पनी को रुपमा पनि राधी जलबिद्युत कम्पनी लाई लिईने गरेको छ  । यो आयोजना संगै कम्पनीले लम्जुंगमा दोर्दी  १ जलविद्युत  आयोजना १२ मे.वा. र रुकुममा ५ मे.वा. को रुकुमगढ आयोजना बनाई रहेको छ ।  

यूनिभर्सलले बनाई रहेको तल्लो खारे खोला जुन गौरिशंकर गाउँपालिकामा निर्माण भइरहेको छ । सो आयोजनाको पेनस्टक पाइप तर्फ २ हजार २ सय मिटर जडान भइसकेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान कार्य अगाडी बढी रहेको छ । आयोजनाले अहिले हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादनहुने बिजुली १३२ केभी  सिंगटी सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त प्रसारण लाइनलाई आवश्यक जग्गा लिजमा लिने प्रक्रिया अगाडी बढेको छ । 

 आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया हुने अनुमान छ । ०७६ साउन देखि बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुछ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलास बिकाश बैंकले संयुक्त रुपमा लगानी गरेका छन् । 


यो पनि:

'ट्रयाक राम्रो छ, ढुक्क भएर आईपिओ भर्दा हुन्छ ' युनिभर्सल पावरका एमडि भण्डारीको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved